arrow

काभ्रेमा विप्लवका कार्यकर्तामाथि प्रहरी कार्वाही

विप्लवका ४ कार्यकर्ता पक्राउ

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
goli-news.JPG

काभ्रेपलाञ्चोक। काभ्रेमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्तामाथि कार्वाही गरेको छ। सरकारी प्रतिवन्धसँगै आक्रामक भएको प्रहरी प्रशासनले काभ्रेमा कार्वाही गरेको हो। 

नेकपाका हतियारधारी समहू रहेको जानकारीका आधारमा गएको महानगरीय प्रहरी अपराध महाशाखा टोली रोशी गाउँपालिकाको आसपास पुगेको जानकारी पाए लगत्तै प्रहरीमाथि आक्रमण भएको प्रहरी दावी छ। प्रहरीले आफ्नोतर्फबाट जवाफी फायरिङ गरेको दावी गरेको छ। 

महाशाखाका एसपी सोमेन्द्र राठौर र डिएसपी रुगम कुँवर नेतृत्वको टोली त्यहाँ पुगेको थियो। महाशाखाका एसपी केदार ढकालका अनुसार विप्लव समुहका नेता शिव धिताल झापा, नृपबहादुर विक दाङ, डिकेन्द्र राई भोजपुर र विशाल तामाङ सिन्धुपाल्चोकलाई गोली हानेर रोशी गाउँपालिका २ साविक शिखरआम्बोटे ८ काफ्लेडाँडाबाट अपराध अनुसन्धान महाशाखाको टोलीले मंगलबार राति पक्राउ गरेको हो । 

प्रहरीले पक्राउ पर्नेहरु बम विज्ञ रहेको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ