arrow

पूर्वराजा शाह र भारतीय राजदूत पुरीबीचको गोप्य वार्ताले सरकार झस्कियो, राजदूतलाई स्पष्टिकरण

जनकपुरको एउटै होटलमा वास, रात्रिको वार्ता, तेस्रो तल्लामा पुरी र चौथोमा शाहको आरामस्थल

logo
प्रकाशित २०७५ चैत ६ बुधबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच जनकपुरमा भएको आकस्मिक भेटवार्ताले हलचल मच्याएको छ । 

पूर्वराजा शाह र राजदूत पुरीबीच जनकपुरमा भएको भेटवार्ताले गर्दा सरकार सशंकीत बनाएको छ । पूर्वराजदूतलाई सरकारले स्पष्टिकरणसमेत सोधेको छ । 

दुवैको वास एउटै होटलमा परेका कारण भेट भएको हुन सक्ने आँकलन समेत गरिएका बेलामा यसले भने सरकारलाई झस्काएको छ । 

भएको के थियो शाह र पुरीबीच ? 

पूर्वराजा शाह तराई भ्रमणमा छन् । सोही क्रममा उनी चैत २ गते जनकपुरको शीताशरण होटलमा बसिरहेका थिए । 

सोही समयमा भारतीय राजदूत पुरी पनि जनकपुर पुगे । पूर्वराजा जनकपुरमै भएका बेलामा रेलमार्गको निरीक्षण गर्न पुरी जनकपुर गएका हुन् । 

एकै समयमा परेको यो यात्रालाई एकातिर संयोगका रुपमा लिएर सहज बनाउन खोजिएको छ भने अर्कातिर यसलाई नियोजित भएको बताउन खोजिएको छ । 

संयोग नै सही दुवैबीच होटल सीताशरणमा गोप्य वार्ता भएको भने उच्च स्रोतको दावी छ । 

स्रोत भन्छ – हावा नलागी पात हल्लिन्न वार्ता भएकै हो । छलफलमा भएका कुराकानी त पछि समयले देखाइहाल्छ ।’

शीताशरणको तेस्रो तल्लामा राजदूत पुरी बसेका थिए । पूर्वराजा चौथो तल्लामा । मात्र केही खुड्किला पुरी माथि उक्लिए र वार्ता सुरु भयो । 

वार्ता सहज पक्कै भएन । किनकि गोप्यता पनि जरुरी थियो । वार्ता सामान्यतया सबै सुतिसकेको अवस्था भएको हो । 

आधाघण्टाभन्दा बढी समयसम्म भएको वार्तामा पूर्वराजाको भारत भ्रमणका विषयमा छलफल भएको बताइन्छ । पूर्वराजा केही समयपछि भारत जाने चर्चा छ । तराई भ्रमणमै रहेका बेलामा सोही साइतमै पूर्वराजा भारत जाने कार्यक्रम तय भएको थियो । 

भ्रमण यही महिना नै हुने स्रोतको दावी छ । राजदुत पुरीले त्यसमा हुनसक्ने अवरोध हटाउन सहजीकरण गरेको पनि बुझिएको छ । 

राजदूतसंग जानकारी माग
पूर्वराजासंग भेट भएको भन्ने विषय सरकारलाई बिझेको छ । के के हुन लाग्यो भन्ने ठानेकै भावमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राजदूत पुरीले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको बारेमा परराष्ट्र मन्त्रालयसँग जानकारी मागेको छ ।

प्रधानमन्त्री कार्यालयले परराष्ट्र सचिवसँग भेटबारे जानकारी मागेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । 

कुटनीतिक नियोगका कुनै पनि पदाधिकारी बाहिर जाँदासमेत सरकारलाई जानकारी गराएर जानु पर्ने हुन्छ । त्यसैलाई कसैलाई भेट गर्दा समेत सोही अनुसारको जानकारी गराउनु पर्ने हुन्छ । 

त्यस्तो भएको पाइँदैन । त्यतिमात्र होइन सरकारकै मन्त्रीहरुसमेत पनि बिना जानकारी विदेशसम्मको यात्रा तय गर्ने गरेका छन् । 

केपी शर्मा ओली नेतृत्वको सरकारकै मन्त्रीहरु संगसंगै प्रदेश सरकारका मुख्यमन्त्री अमेरिका गएर आउँदा समेत पनि ओलीले पहिले नै जानकारी नपाएको चर्चा चलेको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ