arrow

संस्कृतिको संरक्षण गर्न पञ्चेबाजा सहयोग

logo
प्रकाशित २०७५ चैत ६ बुधबार
news-pancha-baja-lop-photo-(3).JPG.jpeg

बेझाड । रामपुर नगरपालिका–६ ले कला संस्कृतिको संरक्षण गर्न श्रीकृष्ण पञ्चेबाजा समूहलाई पञ्चेबाजा सहयोग गरेको छ । वडाको आर्थिक वर्ष ०७५/०७६ को रु ६० हजार विनियोजित रकममार्फत् बाजा सहयोग गरेको हो । सो सहयोगअन्तर्गत सहनाई, ट्याम्को, ढोलक, नरसिङ्गा, झुर्मालगायतका पञ्चेबाजाका सामान वितरण गरिएको छ । 

नगर प्रमुख रमणबहादुर थापाले पञ्चेबाजा हस्तान्तरण गर्दै विशेष चाडपर्वमा प्रयोग गरेर कला संस्कृतिलाई बचाई राख्न अनुरोध गर्नुभयो । पछिल्लो समय गाउँघरबाट पञ्चेबाजा हराउँदै जान थालेपछि कला संस्कृतिको संरक्षण गर्न पञ्चेबाजा सहयोग गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए। 

लागुऔषध खरीद बिक्री गर्ने पक्राउ 

लागुऔषध खरीद बिक्री गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ । २० वर्षीय सहाबुद्धिन नाउँलाई तानसेन नगरपालिका–४ को हुलाक मोडमा मङ्गलबार विशेष सूचनाको आधारमा लागुऔषध बोकेर हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

रुपन्देहीको साविक फरेना गाविस ५ घर भई हाल तानसेन नगरपालिका–४ मा डेरामा बस्दै आएका नाउँको शरीर खानतलासी गर्ने क्रममा उनको साथबाट लागुऔषध ब्राउन सुगरजस्तो चिजवस्तु २६ मिलिग्राम, नेपाली नगद रु एक हजार ५०० फेला पारेको छ । 

उनले तानसेन नगरपालिका–५ बस्ने २४ वर्षीय मोहमद मिँयासँग लागुऔषध ब्राउन सुगर खरीद गरेको खुलासा भएपछि मिँयालाई समेत पक्राउ गरी उनीहरुलाई पाल्पा अदालतबाट म्याद थप गरी अनुसन्धान भइ रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ