arrow

महामन्त्री शशांकले फेरि भने 'हिन्दू राज्यको बारेमा जनमत संग्रह गर्नुपर्छ'

logo
प्रकाशित २०७५ चैत ६ बुधबार
shashanka-koirala.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दू राज्यको बारेमा जनमत संग्रह गर्नुपर्ने माग गरेका छन् । बुधबार टोखा स्थित आफ्नै निवासमा होली विशेष शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो धारणा बताएका हुन् । 

लामो समयदेखि हिन्दू राज्यको पक्षमा वकालत गर्दै आएका कोइरालाले बुधबार फेरि पनि यसबारे वकालत गरेका हुन् । ८० प्रतिशत भन्दा बढी हिन्दू धर्मालम्बीहरु रहेको देश र हिन्दूहरुले चुनेर पठाएको सांसदहरु धेरै रहेकोले आफूले यस्तो अडान लिएको धारणा उनले व्यक्त गरेका हुन् । 

उनले धार्मिक स्वतन्त्रता सहतिको हिन्दू राज्यको पक्षमा जनमत संग्रह गर्न आफू र काँग्रेसले पनि दबाब दिने आश्वासन पनि दिए । उनले हिन्दू राज्यको पक्षमा मात्रै नभई जनताले चाहेमा गणतन्त्रको पक्षमा समेत जनमत संग्रह गर्न सकेन स्पष्ट समेत पारेका छन् । महामन्त्री कोइरालाले कम्युनिष्टहरु एकजुट भएका बेला पार्टी भित्रको एकता नहुने हो भने आगामी निर्वाचनमा पनि काँग्रेस विजयी हुन नसक्ने धारणा समेत राखेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ