arrow

जनताले चाहे संघीयता र धर्मका बारेमा जनमत संग्रह हुन्छः महामन्त्री कोइराला 

logo
प्रकाशित २०७५ चैत ६ बुधबार
shashanka-holi.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यकर्ताको चाहना बमोजिम पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन आग्रह गरेका छन् । 

टोखास्थित आफ्नै निवासमा फागु पर्वका अवसरमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले पार्टीभित्र एकता र मेलमिलापका लागि आजैबाट आफुले पहल गर्ने बताए। उनले  पार्टीको विभागहरु तत्काल गठन गर्नपनि सभापति देउवालाई आग्रह गरे। 

पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने आवश्यक्ता औंल्याउदै कोइरालाले कम्युनिष्टहरु एकजुट भएका बेला पार्टी भित्रको एकता नभए कांग्रेसले ठुलो मुल्य चुकाउनुपर्ने बताए। 

महामन्त्री कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्ताव अघि सारे। उनले धेरैजसो हिन्दु धर्मालम्बीहरुले सांसदमा निर्वाचित गराएकाले पनि उनीहरुको माग अनुसार आफूले हिन्दु राज्यको पक्षमा अडान लिएको पनि स्पष्ट पारे। 

राज्य धर्म निरपेक्ष र सापेक्ष दुवै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दवाव दिन पनि सबैलाई आह्वान गरे । उनले आफ्नो पार्टी जनताले चाहेमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान तयार रहेको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ