arrow

होलीको दिन ५ सय बढी सवारी कार्वाहीमा

सरकारी गाडीवालालाई सचेत मात्रै, अरुलाई जरिवाना

logo
प्रकाशित २०७५ चैत ६ बुधबार
holi-bitanda.jpg.jpeg

काठमाडौं। होलीको दिन नियम विपरित चलाउने ५ सय बढी सवारी साधन ट्राफिक प्रहरीको कार्वाहीमा परेका छन्। बुधबार बिहानदेखि अपराह्न ३ बजेसम्म ५ सय १९ वटा सवारी साधान नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी कार्यालय रामशाह पथले जानकारी दिएको छ।

नियन्त्रणमा लिइएकामध्ये १८ वटा सरकारी सवारी साधन समेत छन्। ट्राफिक प्रवक्ता एसपी जयराज सापकोटाका अनुसार, जाँडरक्सी खाएर चलाउने ४४, लापार्वाही गरेर चलाउने ३०, कागजपत्र साथमा नभएका २ सय ३८, हेलमेट नलगाउने २५, तीन जना सवार भएका ५५ वटा मोटरसाइकल र अरु २४ वटा सहित ५ सय १९ सवारी साधन नियन्त्रणमा लिइएको हो। 

ती मध्ये मापसे गर्नेलाई एक हजार, लापार्वाही गरेर चलाउने, हेलमेट नलगाउने, ३ जनासम्म चढ्ने लगायतकालाई पाँच सय देखि पन्ध्रसय रुपैयाँसम्म जरिवाना तिराइने पनि प्रवक्ता सापकोटाले जानकारी दिए।

तर विदाको दिनमा पनि चलाएका कारण नियन्त्रणमा लिइएका सरकारी सवारी साधनलाई भने अब आइन्दा सम्बन्धित अधिकारीबाट पास लिएर मात्रै चलाउने गरी सचेत गराएका छाडिने सापकोटाले जनाए। सरकारी गाडीलाई किन सचेत मात्रै? उनले भने त्यो सिष्टम चैं छैन क्यारे सायद।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ