arrow

'काले, मदिसे भनेर विभेद गर्दा पेटी फुकालेर हान्थे'

logo
सुदिप बर्देवा,
प्रकाशित २०७५ चैत ६ बुधबार
lalbabu1.jpg

ललितपुर । संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री लाल बाबु पण्डितले आफु स्कुले विद्यार्थी हुदा कथित उपल्लो जातका साथीहरुले आफुलाई काले, मदिसे भनेर विभेद गर्ने गरेको र त्यसको जवाफमा आफुले पेटी खोलेर हिर्काउने गरेको बताएका छन् । आफु पनि विभेद कै कारण राजनितिक आन्दोलनमा लागेको र त्यसकै उपज अहिले यो ठाँउमा आई पुगेको बताएका छन् ।

मंगलबार ललितपुरको होटेल हिमालयमा समता फाउण्डेशनले आयोजना गरेको अन्तर्राष्ट्रिय जाति तथा रङ्गभेद उन्मुलन दिवसको सन्दर्भमा, जातीय विभेद र छुवाछुत अन्त्यका लागि ६ महिने महाअभियानको शुभारम्भ गर्दै यस्तो बताएका हुन।

प्रमुख अथितिको भूमिकामा आफ्नो मन्तब्य राख्दै  देशमा अझै पनि जातीय विभेद भई रहनु दुखद भएको भन्दै यसको अन्त्यका निम्ति सरकारले काम गरिरहेको बताए। संविधानबाट जातीय विभेदको अन्त्य गरिए पनि यो ब्याबहारमा लागु नभई सकेको प्रति इन्गकित गर्दै यसलाई ब्याबहारमा उतार्न केहि समय लाग्ने बताए । 'संसारमा अझै पनि विभिन्न नाममा मानवीय बिभेद हुदै आई रहेको छ। ब्राह्मण, क्षेत्री भित्र पनि आ-आफ्नै किसिमका बिभेद हरु छन् । जातीय बिभेद कै कारणले मात्र विभेद नभएको, त्यसमा पनि नेपालमा त बिभेद भित्र पनि बिभेद हुदै आईरहेको छ । म यस्ता सबै खाले बिभेदको बिपक्षमा छु।' मन्त्री पण्डितले भने 'सरकारले जातीय बिभेद बिरुद्द ऎन बनाई सकेको र त्यो कार्यान्वयनमा पनि गई सकेको छ।'

जातीय बिभेद अपराध हो, कुनै पनि अपराध गर्ने अपराधीलाई, अपराध अनुसारको दण्ड हुनु पर्छ । बिभेद र अपराध फरक फरक कुरा हुन, बिभेद गरेर अपराध गरेको छ भने त झन् आर्थिक र काराबास को दोहोरो दण्ड दिनुपर्छ । देशनमा नया संविधान जारी भयर संघियता मा देश गई सकेको,जनाप्रतिनिधि छनौटमा पनि दलित सुमुदायाबाट ल्याउने संबैधानिक ब्याबस्था भई सकेको ले अहिले राज्यको नीति निर्माण तह देखि स्थानीय तहसम्म राम्रो प्रतिनिधित्व रहेको उनले बताए ।

सरकारले पछिल्लो समय ल्याएको जनता आवास कार्यक्रम पनि गरिब र दलित समुदाय लक्षित रहेको र बजेट पनि त्यहि अनुरुप छुट्याईयको उनले बताए । 'सरकार जनताले बनाएको सरकार हो, त्यसैले सरकार सबै जनता प्रति सधै उत्तरदायी हुन्छ, अहिले ऎन कानुन कार्यान्वयन कै चरण मा भएकोले ब्याबहार मा देखिन केहि समय लाग्छ ।' उनले भने. 'निराश नहुनुस देशमा रहेका विभिन्न खाले बिभेद को व्याबहारिक रुपमै उन्मुलन गर्न सरकार प्रतिबद्द छ ।'

यस्तै कार्यक्रमका सभापति तथा समता फ़ाउण्डेशनका अध्यक्ष प्रदिप परियारले समाजमा जातीय बिभेद बढ्दै गएकाले जातीय विभेद र छुवाछुत अन्त्यका लागि ६ महिने महाअभियानको शुभारम्भ गर्नु परेको बताए । गत फाल्गुन दुई गते जनकपुर कि दुतिया रसाईली माथि भएको बलात्कार र हत्यापछि उनका आफन्तको पिडा सुनिसके पछि मनमा बिद्रोहको ज्वाला फुटेको भन्दै यसका बिरुद्द आवाज उठाउन का निम्ति पनि यो महाअभियान सुरु गर्नु परेको उनले बताए ।

परियारले भने 'समाजमा दिन प्रतिदिन छुवाछुत र विभेद मौलाउदै गएको , त्यसमा संलग्न खुलेहाम हिडडुल गरिरहेको हुन्छ । जसले विभेदको पिडा भोगी रहेको छ उही फेरी पनि पिडक बाट पिडित हुनु पर्ने बाध्यता छ । विभेदमा संलग्न हुने लाई  कसैले औला ठड्याउन नसकी रहेको अवस्थामा त्यस्ता मान्छे हरु माथि कसरि औला ठड्याउन सकिन्छ भन्ने बिसयमा दलित आन्दोलनको मुद्दालाई नै पुन: मुल्याङ्ग्कन गर्नुर्नुपर्छ ।'

 त्यस्तै संविधान मै उल्लेख भएर आईसकेको जातीय उन्मुलन को बिषय कार्यान्वयन हुन नसकी रहेको बेला यस्तो किन भई रहेको छ भन्ने बिषयमा पनि गम्भिर भयर लाग्नु पर्ने मा उनले जोड दिए । आजका दिनसम्म कथित गैर दलित हरुले दलित लाई उत्पीडनमा राखे त्यसको क्षतिपुर्ती माग गर्नु पर्न मा समेत उनले जोए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ