arrow

भिरबाट लडेर जापानी नागरिकको मृत्यु

logo
प्रकाशित २०७५ चैत ६ बुधबार
dead2.jpg

कास्की । मर्दी हिमाल पदयात्राका क्रममा एक पर्यटकको भिरबाट लडेर मृत्यु भएको छ । पदयात्रामा आएका जापानका ६४ वर्षीय नाजासावा माजासीको आज माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमालको भ्यू प्वाइन्टमा पुगेर होटल फर्कने क्रममा लडेर मृत्यु भएको हो ।

यही चैत १ गते काठमाडौँको हिमालयन शेर्पा एडभेञ्चर कम्पनीबाट चार जापानी र दुई नेपाली पथप्रदर्शक सो क्षेत्रमा पदयात्रामा गएका थिए । माजासीको लडेर मृत्यु भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुर्पा शेर्पाले जानकारी दिए।

उनी बाटोबाट चिप्लिई करीब ७०० मिटर तल खसेको पथप्रदर्शक पासाङ दावा शेर्पालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए।

हेलिकप्टरबाट उद्धार गर्न खोजे पनि खराब मौसमका कारण सम्भव हुन सकेन । घटनास्थल पुग्न माछापुच्छ्रेको सिदिङबाट पैदल दुई दिन लाग्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ