arrow

जीपी फाउण्डेशनले मनायो होली

logo
प्रकाशित २०७५ चैत ६ बुधबार
gp1.jpg

विराटनगर ।  जीपी कोइराला फाउण्डेशनले होलीको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर स्थित फाउण्डेशनको कार्यालय कोइराला निवासमा बुधवार आयोजित कार्यक्रममा नेपाली कांग्रेस नेतृ तथा जीपी कोइराला फाउण्डेशनकी अध्यक्ष समेत रहेकी सुजाता कोइरालाले आगन्तुक अतिथीलाई अविर लगाएर  शुभकामना आदान प्रदान गरेकी थिइन् ।

सो अवसरमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश नं.१ का प्रदेश प्रमूख गोविन्दबहादुर तुम्माहाङ, मूख्यमन्त्री शेरधन राइ, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की , सामाजिक विकास मन्त्री जीवन घिमिरे ,विराटनगर महानगरका मेयर भीम पराजुली ,  सांसद, उद्योगी, व्यापारी, कर्मचारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता कार्यकर्ता एवं शुभचिन्तक र पेशाकर्मीको उल्लेख्य सहभागिता रहेको थियो ।


यस्तै कार्यक्रममा फाउण्डेशन १ नं. प्रदेश अध्यक्ष इन्दिरा थापा र मोरङ जिल्ला अध्यक्ष कौशल निरौलाले आगन्तुक अतिथीहरुलाई स्वागत तथा सम्मान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ