arrow

सच्चा मजदूर गिरिजाबाबुको सम्झना 

logo
प्रकाशित २०७५ चैत ७ बिहिबार
Girija-koirala.jpg.jpeg

काठमाडौं । नेपाली राजनीतिका एक सच्चा मजदूर गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस नेपाली काँग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदै छ । 

निडर नेताका रूपमा चिनिने ‘गिरिजाबाबु’ को २०६६ साल चैत ७ गते निधन भएको थियो ।

विराटनगर जुट मिलमा मजदूरको रुपमा रहेर त्यहींबाट नेपाली राजनीतिको नेतृत्व गरेका गिरिजाबाबुको नेतृत्वमै २०६२–६३ को आन्दोलन सफल भएको थियो । 

कोइरालाकै नेतृत्वमा नेपालमा गणतन्त्र आएको थियो । कोइराला क्रान्तिकारी नेता थिए । २०४६ सालभन्दा अगाडिसम्म उनी क्रान्तिकारी थिए । 

कोइरालालाई चौथो आयाम भएको व्यक्तित्वका रुपमा लिने गरेका छन् । उनको हक्की स्वभावकै कारण कोइराला नेपाली काँग्रेसको नेतृत्व गरेका थिए भने चार पटकसम्म प्रधानमन्त्री पनि भए । 

जीवनको उत्तरार्धमा उनले कम्युनिष्टहरुसंग सहकार्य गरेर नेपालबाट राजतन्त्र फाल्न सफल भएका थिए । 

विपीको सिद्धान्त मान्दै र परिस्थिति हेरेर भत्काउँदै आएका गिरिजाबाबु जुनसुकै हालतमा काँग्रेस नै एक मात्र जनताको पार्टी भएको बताउँथे । 

१० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँद्धे सम्झौता र दोस्रो जनआन्दोलनको नेतृत्व गिरिजाबाबुले नै गरेका थिए। ०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिष्ट बिरोधी भनेर चिनिने गिरिजाप्रसादले २०६२ सालमा कम्युनिष्टसँग हातेमालो गरेर अगाडि बढेका थिए । 

युद्धकालमै माओवादीसँग राजतन्त्रविरुद्ध सहमति गरेपछि कांग्रेसभित्रै समेत उनको कडा आलोचना भयो तर गिरिजाबाबुको व्यक्तित्वका अगाडि त्यो आलोचना छायाँमा नै रह्यो। 

यस्तो छ गिरिजाबाबुको पारिवारिक पृष्ठभूमि

महामानव विपी कोइरालाका कान्छा भाइ गिरिजाबाबुको भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा विस १९८१ असार १८ मा जन्म भएको थियो । बुवा कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइराला निर्वासित भएको बेला गिरिजाबाबुको जन्म भएको हो। 

उनका दुई दाजुहरू विपी कोइराला तथा मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए। सन् १९२९ मा परिवारसँगै नेपाल फर्केका गिरिजाबाबुले सुष्मा कोइरालासित विवाह गरे। कांग्रेस नेतृ सुजाता कोइराला गिरिजाबाबुकी  एक मात्र सन्तान हुन्।

गिरिजाबाबुको नेतृत्वमा २००४ सालमा नेपाल मजदुर कांग्रेसको स्थापना भयो । अहिले त्यसलाई नेपाल ट्रेड यूनियन कांग्रेसको रूपमा चिनिने गरेको छ।

२००८ सालमा गिरिजाबाबु नेपाली कांग्रेस मोरङ सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासनको स्थापना हुनु पूर्वसम्म मोरङ सभापतिमा रहिरहे। 

करिब ६ वर्ष जेल जीवन विताएका रिहाई भएपछि भारतमा निर्वासित भएका गिरिजाबाबु मेलमिलापपछि गिरिजाप्रसाद २०३५ सालमा नेपाल फर्किए। 

गिरिजाबाबु २०३१ सालदेखि २०४७ सालसम्म कांग्रेसको महामन्त्री भए। २०५३ सालदेखि मृत्यु नहदाँसम्म लगातार कोइराला पार्टी सभापति भइरहे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ