arrow

तराईमा केन्द्रीय सरकारको बिदा आज र प्रदेश सरकारको बिदा भोलि 

logo
प्रकाशित २०७५ चैत ७ बिहिबार
holi-new.jpg.jpeg

काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको अर्को दिन मनाइने रङहरुको पर्व फागु आपसमा रङ दलेर तराईका क्षेत्रमा मनाइँदैछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व अघिल्लो दिन पहाडी तथा हिमाली क्षेत्रमा मनाउँदा अर्को दिन तराईमा मनाइन्छ । 

परम्परागत रूपमा विभिन्न रङ र लोला खेली होली मनाइन्छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । 

सोही अनुसार यस वर्ष पनि तराईमा बिहीबार होली मनाइँदैछ । तराईका जिल्लामा बिहीबार केन्द्र सरकारले सार्वजनिक बिदा दिइएको छ । 

तर प्रदेश २ सरकारले भने शुक्रबार पनि होलीको बिदा दिएको छ । अन्य तराई परेका प्रदेशले भने बिहीबारमात्र बिदा दिएका छन् । 

विभिन्न परम्पराअनुसार जनकपुरधाममा शुक्रबार मात्र होली मनाइँदैछ । प्रदेश सरकारको मुख्यालय नै जनकपुरमा रहेकाले प्रदेश २ सरकारले शुक्रबार पनि बिदा दिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ