arrow

एम्नेस्टी नेपालले गृह मन्त्रालयलाई बुझायो २३ हजार पत्र

logo
प्रकाशित २०७५ चैत ७ बिहिबार
amnesty-nepal.jpg

काठमाडौँ ।  एम्नेस्टी इन्टरनेसनल नेपालले महिला हिंसा अन्त्यका लागि ठोस उपायहरूको माग राख्दै बिहिबार २३ हजार २ सय ४७ पत्रहरू गृह मन्त्रालयलाई बुझाएको छ । ती पत्रहरू एम्नेस्टी इन्टरनेसनल नेपालका सदस्य तथा समर्थकहरूले एम्नेस्टी इन्टरनेसनलको सन् २०१८ को २९ नोभेम्बर देखि २० डिसेम्बरसम्म चलेको विश्वव्यापी पत्र लेखन कार्यक्रम 'राइट फर राइट्स‘ (Write for Rights) अभियानका क्रममा सङ्कलन गरिएका थिए ।

पत्रहरूमा अहिलेको स्थायी सरकार सहितको परिवर्तित राजनीतिक सन्दर्भमा समेत नेपालमा बढ्दो महिला हिंसा र गहिरिँदै गइरहेको दण्डहीनताको डरलाग्दो अवस्थाप्रति गृह मन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

पत्रहरूमा गृहमन्त्रीलाई महिलाविरुद्ध हुने सबै खाले हिंसा अन्त्यका लागि शीघ्र प्रभावकारी कदमहरू चाल्न, पीडकहरूलाई कानूनी कारबाही गर्न र बलात्कारको घटनामा उजुरी गर्ने हालका एक वर्षे हदम्यादको प्रावधान हटाई कुनै पनि हदम्याद नराख्ने दिशामा कानून संशोधनको प्रकृया अघि बढाउन पनि आह्वान गरिएको छ ।

एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियासहितको एक प्रतिनिधिमण्डलले गृहमन्त्रीका सल्लाहकार/विज्ञ सूर्य प्रकाश सुबेदीलाई उक्त पत्रहरू बुझाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ