arrow

काभ्रेमको मुठभेड सरकारको बकवास : विप्लव नेकपा

logo
प्रकाशित २०७५ चैत ७ बिहिबार
biplav-release-1.jpg

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै काभ्रेमा प्रहरी र नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको भन्ने समाचारलाई बकबास भनेको छ। नेकपाका मध्य केन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले जारी गरेको विज्ञप्तिमा संगठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका आफ्ना कार्यकर्ताहरु विशाल तामाङ, नुमबाहदुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई एकतर्फी गोली चलाएर पक्राउ गरिएको भन्दै, सरकार फाँसीबादी अभियानमा लागेको अरोप लगाइएको छ।

प्रहरी तथा सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै योजना नभएपनि सरकारले प्रतिबन्ध लगाएर माओबादी जनयुद्धकालमा लगाइएको संकटकालको झल्को दिएको उल्लेख गरिएको छ। प्रेसविज्ञप्तिमा सुदर्शनले आफ्नो पार्टीको निशाना दलाल पुँजीवादी, कालोबजारी, भ्रष्टाचारी र बलात्कारीहरू मात्रै रहेको पनि बताएका छन्। पक्राउ परेका कार्यकर्ता तत्काल रिहा नगरे जनप्रतिरोध कार्वाही गरिने चेतावनी समेत विज्ञप्तीमा दिइएको छ।

Image may contain: 1 person



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ