arrow

भोजपुर विराटनगर उडान बन्द

logo
प्रकाशित २०७५ चैत ७ बिहिबार
nepal-airlines.jpg.jpeg

भोजपुर । नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर उडान सेवा बन्द भएको छ । मौसम प्रतिकूल भएकाले केही समयका लागि उडान सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए ।

मौसममा सुधार भएपश्चात् पुनःउडान सञ्चालन गरिने मिजारले बताउनुभयो । निगमले यसअघि भोजपुर–विराटनगर हप्तामा बिहीबार र शनिबार उडान भर्दै आएको थियो । भोजपुर–काठमाडौँ भने हप्तामा सातै दिन उडान भइरहेको निगमले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ