arrow

सरकारको सांकेतिक विरोध गर्दैछन् उपप्रधानमन्त्री यादव

कतै यादवले सरकार छाड्दै त छैनन् ? 

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारको सांकेतिक विरोध गर्दै आएका छन् ।

उनले आफूले सीधै सरकारमै भएर सरकारको विरोध नगरे पनि सुरुआतदेखि नै सांकेतिक विरोध गर्न छाडेका छैनन् । 

पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘मेरो सरकार’ भनी बोलेको विषयमा पनि मन्त्री यादवले सांकेतिक रुपले ओलीको विरोध गरेका छन् । 

उनले भनेका छन्, ‘राष्ट्रपतिलाई विवादमा पार्नु भएन । यसको जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ ।’

उनले थपे, ‘म सन्तुष्ट छु भनेको छैन । जुन कुराको परम्परा सुरु हुँदै आयो त्यसलाई निरन्तरता दिनुपर्छ ।’

उनले यसअघि अहिलेसम्म राष्ट्रपतिले सम्वोधन नगरेको शब्द संसदमा संवोधन गर्नुलाई आश्चर्य भएको बताएका छन् । 

राजा हुँदासम्म उनीहरुले ‘हाम्रो सरकार’ भन्दै आएका थिए । तर नेपालमा लोकतन्त्र आएसंगै राजसंस्था फालिएर जनताको छोरो राष्ट्रपति भएपछि ‘हाम्रो सरकार’ छाडेर ‘नेपाल सरकार’ भएको थियो । 

राष्ट्रपतिले ‘मेरो सरकार’ को चर्को विरोध भए पनि प्रधानमन्त्री ओलीले भने बचाउ गर्दै आएका छन् । उनले मंगलबारको संसदमा पनि यसबारे स्पष्टिकरण दिने बुझिएको छ । 

ओलीले मेरो सरकार नभनेर कसको सरकार भन्ने ? भन्दै उल्टै प्रतिप्रश्न गर्दैै आएका छन् । 

कतै यादवले सरकार छाड्दै त छैनन् ? 
उपेन्द्र यादवले ओली सरकारमाथि बढी नै ताना बुन्नुको अर्थ कतै सरकार छाड्न त हैन ? भनी बुझ्नेहरु पनि धेरै छन् । 

यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता घोषणा भएपछि प्रश्न खडा भएको हो । 

दुई दलका नेताबीच पार्टीको नाममा ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ । पार्टीको संघीय परिषदको नेतृत्व भट्टराईले र केन्द्रीय समितिको नेतृत्व यादवले गर्ने छन्।

प्रतिनिधिसभामा फोरमका १६ सांसद छन् भने नयाँ शक्तिका भट्टराई मात्र सांसद छन्। 

यादवले सरकार छाड्नलाई ओली सरकारमाथि बढी ताना बुनिरहेका हुन् वा बाबुरा भट्टराई सरकारमा जान आतुर भएका हुन् भनी कौतुहल बढेको छ । यादवको मधेशका मुद्दा भने बिलाउँदै गएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ