प्रस्ताव अस्वीकारपछि कंगना रनौतकी दिदिमाथि एसिड प्रहार, यस्तो छ घटना

प्रकाशित मिति : २०७६ असोज १५ बुधबार

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतकी दिदि रंगोली चन्देल प्राय ट्वीटका कारण चर्चामा रहन्छिन् ।  रंगोली सोशल मिडियामा निकै सक्रिय छिन्। ट्रोलरहरूले उचित जवाफ दिन वा कुनै पनि विषयमा आफ्नो कुरा राख्न  रंगोली कहिल्यै पछि हट्दिनन।

हालै, उनले ट्विटरमा आफ्ना केही पुराना तस्विरहरू शेयर गरेकी छन्, जसमा उनले आफ्नो जीवनको एक समयको बारेमा बताएकी छन् ।

रंगोलीले सर्वप्रथम उनकी आमा र कंगनासँगको एउटा पुरानो फोटो शेयर गरिन् । त्यसपछि उनले कलेजको दिनको तस्वीर शेयर गरिन्, जसमा उनी एकदम साधारण देखिन्छिन्। यस तस्वीरमा रंगोलीले लेखिन्, 'हामीले हाम्रो बाल्यकालको तस्विरका लागि धेरै राम्रो प्रतिक्रिया पायौं। धेरै साथीहरूले मलाई कलेज तस्वीरहरू मागि रहेका छन् । तब हामी विज्ञानका विद्यार्थीहरू थियौं। तब हामीसँग यी सबै चीजहरूको लागि समय थिएन। अर्को एक बार्षिक उत्सवको तस्वीर भेटाइएको छ ।'