arrow

गृह जिल्लाबाट चन्द्र ढकालले दिए महासंघ वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी

महासङ्घको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी

logo
प्रकाशित २०७६ पुष ११ शुक्रबार
Chandra-Dhakal.jpeg

काठमाडौं ।  उद्यमी चन्द्रप्रसाद ढकालले नेपाली उद्योगीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा शुक्रबार उम्मेदवारी घोषणा गरेका छन् ।

उनले शुक्रबार आफ्नो गृह जिल्ला बाग्लुङमा आयोजित बाग्लुङ महोत्सवको क्रममा महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने प्रावधान छ । हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासङ्घको आगामी साधारणसभाबाट अध्यक्ष हुने क्रममा छन् ।

ढकाल अहिले महासङ्घमा  वस्तुगततर्फबाट उपाध्यक्ष छन् । उनले महासङ्घको आगामी चैतमा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

ढकाल हाल नेपाल उद्योग वाणिज्य महासङ्घको उपाध्यक्ष तथा रोजगारदाता परिषद्को सभापति छन् ।

ढकाल आईएमई समूह, ग्लोबल आईएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवं लगानी बोर्डका आमन्त्रित सदस्यसमेत  हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ