arrow

एनआइसी एशियाको शाखारहित बैकिङ सेवा अर्घाखाचीको देउरालीमा

logo
प्रकाशित २०७६ पुष १६ बुधबार
blb-argakganchi-nicasia.jpg

काठमाडौं। एनआईसी एशिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै शाखारहित बैंकिङ्ग सेवा  अर्घाखाँची जिल्लाको देउरालीमा संचानलमा ल्याएको छ। बैंकले संचालनमा ल्याएको ४५ औ शाखारहित बैकिङ सेवा देउराली  छत्रदेव गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष श्री शोभाखर पाण्डेले शुभारम्भ गरे। उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा श्री कृष्ण प्रसाद पाण्डेज्यूलाई नियुक्त गरिएको बैकले बताएको छ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्ने बताइएको छ । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ। यस्तो सेवाबाट स्थानीयबासीहरुले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ