- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले वर्तमान सरकारले आम उद्योगी तथा व्यापारीहरुको पक्षमा काम नगरेको बताएको छन्।
कपिलवस्तुको चन्द्रौटामा आयोजित छैठौँ चन्द्रौटा ओद्यौगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सवको उदघाटनका क्रममा उनले सरकारले उद्योगीहरुलाई मार पार्ने कार्यहरु अगाडी बढाएको बताए ।
ढकालले सरकारले उद्योगलाई चाहिने कच्चा पदार्थ सहज उपलब्धता नगराउनु उद्योगीलाई करको दयारमा मात्र पार्नुले समस्या सृर्जना भएको बताए । साथै उनले कपिलवस्तुको चन्द्रौटा कृष्णनगर क्षेत्रलाई औद्योगिक करिडोरको लागि पहल गर्ने प्रतिबद्वता जनाए।
उदघाटन समारोहलाई सम्बोधन गर्दै पुर्वमन्त्री तथा भारतका लागि नेपाली पुर्व राजदुत दिप कुमार उपाध्ययले मेला महोत्सवले गर्दा यस क्षेत्रको विकासमा टेवा पुग्ने बताए।निजि क्षेत्र तथा सरकार विच मतान्तर रहेकोको कारण आर्थिक विकासमा समस्या पारेको उनले बताए । तीन तहको सरकारले गर्दा उद्योग सञ्चालन गर्न कठिनाई भएकोले सरकारले सहज प्रक्रिया गर्नुपर्ने बताए । यस क्षेत्रलाई औद्योगिक करिडोर निर्माणका लागि आफुले पहल गर्ने बताए ।
शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले मेला महोत्सवले गर्दा धार्मीक ऐतिहासिक क्षेत्रका प्रचार प्रसार हुनुका साथै संरक्षीत भएको बताए।
राजपा नेपालका केन्द्रिय सचिव रविदत्त मिश्राले मेला महोत्सवले गर्दा समुदायमा भाइचाराको सम्बन्ध स्थापित हुने बताए । मेलामा स्थानीयय उत्पादन तथा कृषिमा विशेष जोड दिनुपर्ने बताए ।
व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले कपिलवस्तुमा प्रदेशको राजधानी राख्नका लागि सहज पहल गर्दा अति उत्तम हुने बताए।
चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मुल आयोजक संयोजक जमशेर अलिले मेला महोत्सवले कपिलवस्तुको गरिमा बढाएको बताए। मेलामा कपिलवस्तुका विभिन्न ऐतिहासिक स्थलको प्रचार प्रसारका लागि पहल गरेको बताए ।
सोमबार देखि सुरु भएको महोत्सव पुष २६ गते सम्म लाग्ने मुल आयोजक समितिका संयोजक जमसेर अलिमियाले जानकारी गराए ।