arrow

कांग्रेस नेताहरु अर्जुननरसिंह केसी र गगन थापालाई कोरोना संक्रमण

पार्टी कार्यालयले आफूहरुलाई जानकारी नदिई पहिला मिडियालाई खबर गरेकोमा नेता केसीको आपत्ती

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १७ शनिबार
arjun-narsingh-kc-gagan-thapa.jpg.jpeg

काठमाडौं। शुक्रवार कोरोना परिक्षण गराएका नेपाली कांग्रेसका नेताहरुमध्ये केहिलाई कोरोना संक्रमण भएको छ। नेपाली कांग्रेसले आफ्ना केन्द्रीय पदाधिकारी र सदस्यहरु, उनीहरुको सुरक्षाकर्मी र चालकको शुक्रवार स्वाब परिक्षण गराएको थियो। शुक्रवार २७० भन्दा बढीले कांग्रेस कार्यालयमा कोरोना परिक्षणका लागि स्वाब संकलन गराएका थिए। 

परिक्षण गराएका मध्ये कांग्रेस नेता अर्जुननरसिंह केसी, गगन कुमार थापालाई कोरोना संक्रमण पुष्टी भएको हो। थापाको रिपोर्टमा भने गंगा कुमार थापा लेखिएका कारण डाटामा पुन परिक्षण गर्ने काम भइरहेको कांग्रेस कार्यालय स्रोतले जनाएको छ। यसैगरि नेताहरु शम्भुलाल श्रेष्ठ, अनिता चौधरी सहित ७० जनालाई पनि कोरोना संक्रमण भएको छ। 

आफूले स्वाब परिक्षण गराएको रिपोर्ट मिडियाबाट थाहा पाउनु दुखद भएको केसीले बताए । उनले भनेका छन्, ' १५ गते नेका पार्टी अफिसमा गरिएको स्वाब संकलनमा कोभीड १९ पोजेटिभ भएको रिपोर्ट संचारमाध्यमबाट थाहा भयो । पार्टीबाट अझै खबर नहुनु दुःखद र खेदजनक छ। आजैदेखि सेल्फ क्वारेन्टाइनमा छु। मसंग सम्पर्कमा रहनु भएको साथीहरूलाई परीक्षण गर्न र मेरो स्वास्थ्य ठिक रहेको कुरा आग्रह गर्दछु।'

केसीले परिक्षण गराएका ब्यक्तिहरुलाई जानकारी दिनुअघी पार्टी कार्यालयबाट मिडियामा सूचना चुहाएर गलत काम भएकोमा पार्टी कार्यालयका मुख्य सचिवको आलोचना गरे। महामन्त्री पूर्ण बहादुर खड्कासँग कुरा गर्दा आफूलाई त्यसबारेमा जानकारी नभएको बताएको केसीले हाम्राकुरालाई बताए । उनले आइतवार पुन परिक्षण समेत गर्ने प्रष्ट्याए।

कांग्रेसले सोमबार केन्द्रीय समिति बैठक बोलाएको थियो। धेरै सदस्यहरुलाई संक्रमण भएपछि बैठक समेत अनिश्चित बनेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ