arrow

उश्रृंखल ट्रम्पका उश्रृंखल समर्थक

ट्रम्पका समर्थकले अमेरिकी संसदभित्रै गरे आक्रमण, एकको मृत्यु, कर्फ्यू लगाइयो 

logo
प्रकाशित २०७७ पुष २३ बिहिबार
usa-trump.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनभित्रै छिरेर आक्रमण गर्दा एक जनाको ज्यान गएको छ । उश्रृंखल राष्ट्रपतिका उश्रृंखल समर्थकले उश्रृंखल र अतिवाद गरेपछि संसद भवनमै आक्रमण गरेका हुन् । 

संसदभित्र गोली चलाएर एक जना महिलाको ज्यान गएको छ । उनीहरुले संसद भवनमा तोडफोडसमेत गरेका छन् । 

यो उश्रृंखलता हटाउन राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ।  

अमेरिकी कंग्रेसमा सांसदहरुले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला ट्रम्पका समर्थकले आक्रमण गरेका हुन् । 

ट्रम्पले अहिलेसम्म आफूले चुनाव नहारेको दावी गरिरहेका छन् भने उनका समर्थकलाई हिंसात्मक प्रदर्शन गर्न ट्रम्पले नै प्रेरणा दिइरहेका छन् । 

गत नोभेम्बर ३ तारिखमा भएको निर्वाचनमा बाइडेनले भारी मात्रामा जित हासिल गरेका थिए । 

बीबीसीले लेखेअनुसार उश्रृंखला ट्रम्पका लिपब्लिकन पार्टीका कार्यकर्ता सदन चलिरहेका बेला निर्णयलाई प्रभावित गर्न क्यापिटल बिल्डिङभित्र छिरेका थिए । 

ती कार्यकर्ताहरु झ्याल–ढोका तोडफोड गरेरै हतियारसहित भित्र छिरेका थिए । संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप हुुँदा ६ जना गम्भीर घाइते छन् । 

प्रहरीले दुई दर्जन हिंश्रक कार्यकर्तालाई पक्राउ गरेको छ । उसले विष्फोटकसहित हतियारसमेत नियन्त्रणमा लिएको छ । 

संसद आक्रमणको घटना लगत्तै देशवासीको नाममा सम्बोधन गर्दै बाइडेनले यो अन्यौलता र हिंसाको अन्त्य गर्न ट्रम्पलाई आग्रह गरेका छन् । 

बाइडेनले ट्रम्प लोकतन्त्रमाथि कू गर्ने प्रयासमा रहेको आरोपसमेत लगाएका छन् । 

वर्तमान उपराष्ट्रपति माइक पेन्सले हिंसाले कहिल्यै नजित्ने बताएका छन् । उनले यो दिनलाई कालोदिनको संज्ञा दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ