arrow

विश्वमा सबैभन्दा बढी अपराध कहाँ, कम कहाँ, नेपाल कतिऔं ?

logo
प्रकाशित २०७७ माघ १८ आइतबार
crime.jpg

काठमाडौं । विश्वभर अपराध रोकिएको छैन । यो कहिल्यै रोकिने पनि छैन । तर धेरै थोरै भन्ने मात्रै हो । सबैभन्दा बढी अपराध दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा हुने गरेको छ । सबैभन्दा बढी अपराध दर्ता भेनेजुएलामै हुने गरेको हो । 

त्यहाँको जनसंख्या २ करोड ९० लाख रहेको छ । तर अपराधको मामिलामा यो एक नम्बरमा आउँछ । यो तथ्यांक विश्वकै राम्रो र नराम्रो काम गर्ने भनी लेखाजोखा गर्ने कम्पनी ग्लोबल डेटाबेस कम्पनी नम्बियोले तयार पारेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

रिपोर्ट अनुसार सन् २०२० मा भेनेजुएला क्राइम इन्डेक्स ८४.४९ तथा सेफ्टी इन्डेक्स १५.५१ प्रतिशत रहेको छ । दोस्रो नम्बरमा पपुवा न्यूगिनी रहेको छ । त्यहाँ ८० लाख जनसंख्या रहेकामा क्राइम इन्डेक्स ८१.९५ रहेको छ जबकि सेफ्टी इन्डेक्स १८.७ रहेको छ । 

१२९ देशको सूचीमा सबैभन्दा कम अपराध कतारमा हुने गरेको छ । त्यहाँको क्राइम इन्डेक्स ११.८६ तथा सेफ्टी इन्डेक्स ८८.१४ रहेको छ । 

यी हुन् शीर्ष दश अपराध बढी हुने देश–
१, भेनेजुएला
२, पपुवा न्यूगिनी
३, दक्षिण अफ्रिका
४, अफगानिस्तान
५, होन्डुरस
६, ट्रिनिडाड एन्ड टोबागो
७, ब्रजिल
८, पेरु, 
९, अल साल्भाडोर
१०, गुएना 

यस्तो छ नेपालका छिमेकी देशको हालत
नेपाल अपराध हुने देशको मामलामा ९२ औं नम्बरमा रहेको छ । भारत ६८ औं नम्बरमा छ । चीन ९७ नम्बरमा छ । बंगलादेश १६, पाकिस्तान ६३, श्रीलंका ७९ म्यानमार ५५ औं स्थानमा छ । 

कम अपराध हुने देशहरुमा कतारपछि ताइवान, युएई, जर्जिया र जापान रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ