arrow

कहिलेसम्म बच्लान् मुख्यमन्त्री पौडेल अविश्वासको चक्करबाट, बागमती प्रदेशसभाको बैठक स्थगित 

logo
रबिन्द्र गौतम, 
प्रकाशित २०७७ माघ १८ आइतबार
bagmati-pradesh-dormani.jpg

हेटौंडा । सोमबार बस्ने भनिएको बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । माघ १९ गते दिउँसो २ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै आइतबार राति प्रदेशसभा सचिवालयले सूचना निकालेर स्थगित भएको जनाएको हो । 

प्रदेशसभा सचिव कृष्णहरि खड्काको हस्ताक्षर रहेको सूचनामा भनिएको छ, ‘१९ गते दिनको २ः०० बजे बस्ने भनिएको प्रदेश सभाको बैठक विशेष कारणले गर्दा मिति २०७७ फागुन ५ गते बुधबार दिनको २ः०० बजे बस्ने व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि सादर अनुरोध गर्दछु ।’

यसअघि सोमबार बस्ने भनिएको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने कार्यक्रम थियो । 

तर मुख्यमन्त्री पौडेलले अविश्वासको प्रस्तावको सामना गर्न नसकेकै कारण बैठक स्थगित गरिएको छ । प्रदेशसभाको सातौँ बैठक अधिवेशनको गत माघ ७ गते (प्रथम) र गत माघ ९ गते (दोस्रो) बैठक बसी मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भइ स्थगित गरिएको थियो ।

प्रदेशसभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीको दुई र स्वतन्त्र पार्टीका एक गरी ११० जना प्रदेशसभाको सदस्यहरु छन् ।

तर नेकपाभित्रका ओली समूह पौडेललाई विश्वासको मत प्राप्त गर्न सकस हुनेछ । किनकि अष्टलक्ष्मी शाक्यलाई नयाँ मुख्यमन्त्रीका रुपमा अगाडि सार्दै नेकपाकै प्रचण्ड–नेपाल समूहले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ । 

यसरी बिना कारण फागुन ५ गतेसम्म बैठक सारेपछि पक्कै पनि हलचल मच्चिने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ