- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मकवानपुर । वाग्मती प्रदेश सरकारले यातायात व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा जगदिशचन्द्र ढुङ्गानालाई नियुक्त गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालय वाग्मती प्रदेश र शहीद गङ्गालाल हृदय रोग प्रतिष्ठानबीच प्रदेशभित्रका हृदयघातबाट प्रभावितहरूको उपचारमा निरन्तरता दिने र १२ घण्टाभित्रै हृदयघात भएका बिरामीलाई उपचारको लागि प्रदेश सरकारले शहीद गङ्गालाल हृदय रोग प्रतिष्ठानसम्म पुर्याउने सहमति भएको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।
बैठकले विभिन्न विधेयक तर्जुमाको लागि आवश्यक समितिमा पठाउने निर्णय गरेको पनि आर्थिक मामिला तथा योजनामन्त्री तथा प्रवक्ता ढुङ्गेलले बताए। यसैगरी उक्त बैठकले स्थानीय निकायमार्फत प्रदेशका विभिन्न कानून कार्यान्वयन गराउन कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई जिम्मेवारी दिने सहमति गरिएको पनि प्रवक्ता ढुङ्गेलले जानकारी दिए । सोही बैठकले प्रदेशभित्रका सङ्घीय प्रहरी एकाइमा सवारी साधन उपलब्ध गराउने निर्णय गरेको छ ।