arrow

महासङ्घको प्रतिनिधिमण्डल र स्वास्थ्य मन्त्रीबिच भेटवार्ता

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
fncci-building-teku-13.gif

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घले कोरोनाको कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोना विरुद्धको खोप अभियानमा सहभागी गराउन सरकार समक्ष माग गरेको छ। महासङ्घको स्वास्थ्य तथा सिप विकास समितिका सभापति हेमराज ढकाल सहित समितिका सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलले स्वास्थ्य मन्त्री ह्रदयेश त्रिपाठी समक्ष भेटी उक्त माग गरेको हो।

भेटवार्तामा सभापति ढकालले तत्कालका लागि उद्योगी व्यवसायीका लागि ५ हजार डोज खोप उपलब्ध गराउन अनुरोध गर्दै भने–कोरोनाका कारण निजी क्षेत्रपनि आक्रान्त भइरहेकाले महासङ्घसँग आबद्ध जिल्ला नगर, बस्तुगत तथा एशोसिएट्स सदस्यहरूका लागि सरकारले तत्कालै ५ हजार डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्छ। साथै सभापति ढकालले सरकारले ल्याएर उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन नसकेको खण्डमा उक्त खोप निजी क्षेत्रलाई नै ल्याउन दिन समेत माग गरे।

साथै पछिल्लो समय सरकारी निकायहरूबिच समन्वय नहुँदा व्यवसायीले दुःख पाएको भन्दै त्यस विषयमा समेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ। विशेषगरी एउटा निकायको सहमतिमा व्यवसायीहरूले आयात गरेको सामान अर्को निकायले रोक लगाएर दुःख दिने गरेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन आग्रह गरियो। यसअघि खाद्य विभागले स्वीकृति दिएर आयात गरेको भिटामिन स्वास्थ्य विभागले रोकेको भन्दै सरकारी संयन्त्रबिच एकरुपकता ल्याउन सो अवसरमा आग्रह गरियो।

कार्यक्रममा मन्त्री त्रिपाठीले पहिलो चरणमा ल्याएको प्राथमिकताको क्रममा दिन सुरु गरिएकोले दोस्रो चरणको खोप आयात पछि उद्योगी व्यवसीहरूलाई प्राथमिकतामा राखिने बताए।

साथै मन्त्री त्रिपाठीले निजी क्षेत्रलाई कोरोनाको खोप आयात गर्न दिने विषयमा समेत सकारात्मक आश्वासन दिए। भेटवार्तामा महासङ्घको स्वास्थ्य तथा सिप विकास समितिका सह-सभापति भक्त हमाल, सदस्यहरू सुरेश घिमिरे र हेमराज बडालको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ