arrow

अपराधको योजना होटल तथा रेस्टुरेन्टमा

logo
युबराज रेग्मी, 
प्रकाशित २०७७ फागुन ८ शनिबार
police-awareness.jpg

गौरादह । झापाको गौरादह नगरपालिका गौरादह अन्तर्गतको ईलाका प्रहरी कार्यालय गौरादहले नगरपालिकाका वडा न १,२ र ३ मा संचालित होटल तथा रेस्टुरेन्ट व्यवसायीहरुलाई सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
 
ईलाका प्रहरी कार्यालय गौरादहका प्रमुख प्रनानि रमेशकुमार मेहताले कार्यक्रमको सहजीकरण गर्दै अपराध नियन्त्रणका निमित्त होटल व्यवसायीहरु मुख्य कडीको रुपमा रहन सक्ने बताएका थिए ।

होटल ब्यवसायीहरु सूचनाको मेरुदण्ड नै भएको बताउँदै आपराधिक मानसिकताका व्यक्तिहरुको योजना तथा गफगाफको मुख्य केन्द्र होटल तथा रेस्टुरेन्ट भएको बताए ।

अक्सर मानिसहरु सुख–दुःख, जन्म–मृत्यु संस्कार, मिलन–विछोड, सफलता–असफलता लगायत सबै बहानामा मनोरञ्जनको निमित्त मादक पदार्थ सेबन गर्न होटल तथा रेस्टुरेन्टमा जान सक्ने उनको भनाइ छ । 

त्यसैगरी विभिन्न अपराधिक योजनाहरु तथा  आपराधिक गतिविधि पश्चातको समीक्षा तथा छलफल पनि मादक पदार्थ सेवन गर्ने क्रममा गर्ने आँकलन  प्रस्तुत गरेका थिए  ।

मेहताले सूचना लुकाउँदा आफूसमेत अपराधीको निशानामा  पर्न सक्ने सम्भावना उत्तिकै रहने बताउँदै आपराधिक गतिविधिको सूचना निर्धक्क साथ  प्रहरीलाई जानकारी दिई आपराधिक गतिविधिलाई दुरुत्साहन गर्न तथा आपराधिक गतिविधि नियन्त्रण कार्यका निमित्त आवस्यक सहयोग गर्न आग्रह  गर्दै व्यवसायीहरुलाई निर्धक्क साथ सुरक्षित रही आफ्नो  व्यवसाय गर्न आवश्यक सल्लाह र  सुझावसमेत दिएका थिए ।

ईलाका प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा सम्बन्धित वडामा होटल तथा रेस्टुरेन्ट व्यवसाय  गर्ने ४३ जना व्यवसायीहरु सचेतना कार्यक्रममा सहभागी भएको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ