arrow

डोरमणिले बोलाए संसदीय दलको बैठक 

logo
रबिन्द्र गौतम,
प्रकाशित २०७७ चैत १५ आइतबार
dormani.JPG

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री तथा एमाले प्रदेश सभा संसदीय दलका नेता डोरमणि पौडेलले संसदीय दलको बैठक बोलाएका छन्। चैत १८ गते (बुधवार) का लागि पौडेलले बैठक बोलाएका हुन्।

संसद्मा पेस भएको उनीमाथिको अविश्वासको प्रस्तावका सन्दर्भमा छलफल तथा प्रस्ताव फिर्ता लिन सांसदलाई निर्देशन दिनको लागि दलको बैठक डाकिएको बुझिएको छ।

गत पौष १० गते मुख्यमन्त्री पौडेलको विरुद्ध प्रदेशसभाका तत्कालीन नेकपाको प्रचण्ड-माधव नेपाल पक्षका ४५ सांसदले हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँतिए पछि भने बागमती प्रदेशमा एमालेको बहुमत छ। अविश्वासको प्रस्ताव दर्ता गराएकै केही सांसदले मुख्यमन्त्री विरुद्धको प्रस्ताव फिर्ता लिन तयार रहेको बताइसकेका छन्।

प्रदेशसभामा नेकपा एमालेका ५७, नेकपा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, राष्ट्रिय प्रजातन्त्र पार्टी २ र  नयाँ शक्ति पार्टी १ जना सांसद छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ