arrow

बागमती प्रदेशसभा बैठक बैशाख २ गते बस्ने  

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
bagmati-pradesh-1618328748.jpg

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आगामी वर्षको बैशाख २ गते बस्ने भएको छ । २ गते दिनको १ बजेको लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको निर्देशन अनुसार बैठक आह्वान गरिएको हो ।  बैठकमा यसअघि कार्यव्यवस्था परामर्श समितिले तयार गरेको एजेण्डामाति छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ ।

यसअघि गत चैत २४ गतेदेखि २६ गतेसम्म तिन दिन संचालन भएको प्रदेशसभाको सातौं अधिवेशन बैठक प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण अनिश्चितकालका लागि स्थगित भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ