arrow

कोरोना कहरमा भारत

भारतमा एकैदिन थपिए दुई लाख सत्र हजार कोरोना संक्रमित 

सक्रिय संक्रमित १५ लाख ६३ हजार बढी, बिहारमा पनि बढ्यो संक्रमण, रेमडेसिभिर इन्जेक्सनकै अभाव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
corona-india-remdesivir-lin.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित एकैदिन दुई लाख १७ हजार थपिएका छन् । यो एकै दिन थपिएको कुनै पनि राष्ट्रको सबैभन्दा बढी हो । कोरोनाको संक्रमण भारतमा कहाली लाग्दो स्थितिमा पुग्ने क्रममा बिहीबार ९अप्रिल १५, बैशाख २ गते० २ लाख १६ हजार ६४२ जना थपिएका हुन् । 

यसअघि बुधबार १ लाख ९९ हजार ३७६ थपिएका थिए । संक्रमण उच्च बिन्दूमा पुगिरहँदा १४ दिनदेखि विश्वकै सबैभन्दा धेरै संक्रमित भारतमा थपिएका छन् । मंगलबार १ लाख ८५ हजार १०४ संक्रमित थपिएका थिए । 

सोमबार १ लाख ६० हजार ६९४ जना संक्रमित थपिएका थिए । आइतबारको तुलनामा सोमबार करिब १० हजार संक्रमित कम पाइए पनि मंगलबार भने ह्वात्तै बढेका थिए । आइतबार एक लाख ६९ हजार ९१४ जना संक्रमित थपिएका थिए ।  

हरेक दिन संक्रमित बढेको रेकर्ड बनिरहेको छ । निरन्तर बढिरहेको आँकडाले भारतसँगै छिमेकी देशहरुमा पनि कोरोनाको स्थिति भयावह बन्ने अवस्था देखिन्छ । गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए । 

गत वर्षको सेप्टेम्बरको अवस्थालाई पनि नाघेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् । विद्यालयहरु ठप्प पारिएका छन् । कक्षा १० को परीक्षा रद्द गरिएको छ भने १२ को परीक्षा स्थगित गरिएको छ । दोस्रो लहरको नयाँ भेरियन्टले युवा र बालबालिकालाई बढी आक्रमण गरेको छ । 

कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ । 

कति छ भारतको ताजा तथ्याङ्क
योसँगै कुल संक्रमितको संख्या भारतमा १ करोड ४२ लाख ८७ हजार ७४० पुगेको छ ।  भारतमा सक्रिय संक्रमित बढेर १५ लाख ६३ हजार ५८८ पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा पहिलो लहरको उच्च बिन्दूको समयमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए । 

मृतकको स्थिति पनि भयावह बन्दै गएको छ । पुरानै स्थितिमा पुग्ने क्रममा बिहीबार १ हजार १८२ जनाको ज्यान गएको छ ।  यो दोस्रो लहरपछिको सबैभन्दा धेरै हो । बुधबार १ हजार ३७ जनाको ज्यान गएको थियो । 

मंगलबार १ हजार २६ जनाको ज्यान गएको थियो । सोमबार ८८० जनाको ज्यान गएको थियो । आइतबार ९०४ जनाको ज्यान गएको थियो । शनिबार ८३८ जनाको ज्यान गएको थियो । शुक्रबार ७७३, बिहीबार ८०२, बुधबार ६८४ र मंगलबार ६३० जनाको ज्यान गएको थियो । 

अहिलेसम्म १ लाख ७४ हजार ३३५ जनाको ज्यान गइसकेको छ । बिहीबार १ लाख १७ हजार ८२५ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड २५ लाख ५३ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् । 

राज्यहरुको अवस्था
सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । बिहीबार ६१ हजार ६९५ जना संक्रमित थपिएका छन् । बुधबार ५८ हजार ९५२ जना संक्रमित थपिएका थिए । मंगलबार ६० हजार २१२ संक्रमित थपिएका थिए । सोमबार ५१ हजार ७५१ जना संक्रमित थपिएका थिए । आइतबार अहिलेसम्मकै सबैभन्दा बढी ६३ हजार २९४ जना संक्रमित थपिएका थिए । शनिबार ५५ हजार ४११ जना, शुक्रबार एकैदिन ५८ हजार ९९३ जना, बिहीबार एकैदिन ५६ हजार २८६ जना संक्रमित थपिएका थिए । 

हाल महाराष्ट्रमा मात्रै ६ लाख २० हजार ६० जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार ३४९ जनाको ज्यान गएको छ । बुधबार २७८ जनाको ज्यान गएको थियो । मंगलबार २८१ जनाको ज्यान गएको थियो । सोमबार २५८ जनाको ज्यान गएको थियो । आइतबार एकैदिन ३४९ जनाको ज्यान गएको थियो । शनिबार ३०९, शुक्रबार ३०१, बिहीबार ३७६, बुधबार ३२२ र मंगलबार २९७ जनाको ज्यान गएको थियो । 

राजधानी दिल्लीमा समेत सक्रिय संक्रमित ५४ हजार ३०९ पुगेका छन् । 

उत्तर प्रदेशमा १ लाख २९ हजार ८४८ जना सक्रिय संक्रमित छन् । 

नियन्त्रणको नजिक पुगेको नेपालसँग सीमा जोडिएको राज्य बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ३० हजार ३३ जना पुगेका छन् । बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ६ हजार १३३ जना संक्रमित भएका छन् । बुधबार अहिलेसम्मकै बढी ४ हजार ७८६ जना संक्रमित थपिएका थिए ।

मंगलबार बढी ४ हजार १५७ जना संक्रमित थपिए । सोमबार २ हजार ९९९ जना संक्रमित थपिएका थिए । आइतबार सबैभन्दा बढी ३ हजार ७५६ जना संक्रमित थपिए । शनिबार ३ हजार ४६९, शुक्रबार २ हजार १७४ जना संक्रमित थपिएका थिए । 

संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । खुला आकाशमा बिरामीको उपचार हुन थालेका खवरसमेत आएका छन् । औषधिको समेत अभाव भएको छ । बिरामीका लागि रेमडेसिभिर इन्जेक्सन समेत नपाइएको दुखेसो पीडितले गरेका छन् । 

भारतमा अहिलेसम्म ११ करोड ४४ लाख ९३ हजार २३८ जनालाई कोरोनाको खोप समेत लगाइसकिएको छ ।

तस्वीर–भारतको छत्तीसगढस्थित राइपुरको मेडिकल स्टोर बाहिर रेमडेसिभिर इन्जेक्सन लिनका लागि लाइनमा बसेका बिरामीका परिवार । एक पीडितले भने, ‘बुधबार बिहानदेखि ६ वटा इन्जेक्सनका लागि लाइनमा छु अहिलेसम्म पाएको छैन । मलाई एउटा भन्दा बढी दिइएको छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ