arrow

बागमतीको राजधानीमा जोर-बिजोर प्रणाली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १२ आइतबार
Hetauda_Bazaar.jpeg

मकवानपुर । वागमती प्रदेशको राजधानी हेटौँडामा कोभिड-१९ सङ्क्रमणको जोखिमलाई न्यूनिकरण गर्न भीडभाड हुने स्थानमा आइतवार बिहानैदेखि हल्का सवारीसाधनलाई जोर-बिजोर प्रणाली अनुरुप सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले हेटौँडाको विभिन्न क्षेत्रमा आवाजजावत गर्ने निजी साधन जीप, कार, मोटरसाइकल, स्कुटी, अटो, मयुरी (सफारी)लाई तोकिएको स्थानमा मास्क लगाई जोर-बिजोर प्रणालीअनुरुप सञ्चालनमा ल्याइएको बताए ।

जोर-बिजोर प्रणाली लागू गर्ने भनि जानकारी नभएका सवारीधनीलाई प्रहरीको विभिन्न टोलीले सम्झाई-बुझाई गरी गन्तव्य स्थानमा पठाइएको र अन्य सवारीसाधनलाई फिर्ता पठाइएको पनि प्रहरी निरीक्षक अधिकारीले जनाए ।

उहाँका अनुसार भीमफेदी, कुलेखानी, दामन, पालुङ, भैंसे, मनहरी, लोथर, फापरबारी राईगाउँबाट दैनिक सञ्चालनमा ल्याइएका यात्रुबाहक बसलाई मास्क र सेनिटाइजर प्रयोग गर्न लगाई आ-आफ्नो गनतव्य स्थानसम्म आवजआवत गर्न अनुमती दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको केहीदिन अघि बसेको संयुक्त बैठकले प्रथम चरणमा हेटौँडा आसपास क्षेत्रमा सङ्क्रमणको जोखिमलाई न्यूनिकरण गर्न हल्का सवारीसाधनलाई जोर-बिजोर प्रणालीअनुरुप सञ्चालनमा ल्याउने निर्णयअनुसार आइतवारदेखि उक्त प्रणाली लागू गरिएको प्रजिअ भरतमणि पाण्डेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ