arrow

बागमतीमा डोरमणिले ओली पक्षका तीन मन्त्री थप्दै

४ बजे शपथ

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ वैशाख १५ बुधबार
dormani2.jpg

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ३ मन्त्री नियुक्त गर्न लागेका छन् ।  नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा बुधवार मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ ।

 खाली रहेका तीन मन्त्रालयमा मन्त्री र ७ वटा मन्त्रालयमा राज्यमन्त्री समेत थप्न लागिएको बुझिएको छ ।  नेकपा एमाले ओली पक्षका ३ सांसदलाई डोरमणि पौडेलले मन्त्री बनाउन लागेका हुन् ।

नव नियुक्त मन्त्रीहरूको शपथ ग्रहण बुधवारै अपराह्न ४ बजे हुने नेकपा एमाले बागमती संसदीय दलका प्रमुख सचेतक केशव राज पाण्डेले बताए ।मन्त्रीहरू को-को हुन् र कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिइदैछ भन्ने बारे अझै पनि मुख्यमन्त्री कार्यालयले खुलाएको छैन ।

'यसबारे हामीलाई कुनै जानकारी आएको छैन, बुधवार दिउसो ४ बजे शपथ भनिएको छ', टेलिफोन वार्तामा पाण्डेले भने ।उता सांसद चन्द्र लामाले भने यसबारे आफूलाई केही जानकारी नभएको बताएका छन् ।

शपथ खान बोलाएपछि त तपाई मन्त्री पक्का होला नि भन्ने हाम्रो प्रश्नमा सचेतक पाण्डेले भने', 'हा..हा..हा.. मैले अहिले केही बोल्न मिल्दैन, यत्ति बुज्नुस म हेटौँडा आएको छु, ४ बजे बोलाइएको छ', ।मन्त्री बन्नेमा प्रमुख सचेतक केशवराज पाण्डे, सरेश नेपाल र चन्द्र लामाको नाम यसअघि नै चर्चामा थियो ।  नयाँ मन्त्रीहरूको शपथ ग्रहण ४ बजे हेटौँडा स्थित प्रदेश प्रमुखको कार्यालयमा हुने बताइएको छ ।

गत पुस १० मा तत्कालीन नेकपाको माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए  । करिब ४ महिना तीन वटै मन्त्रालय मुख्यमन्त्री पौडेलले सम्हाल्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ