arrow

बागमती मन्त्रिपरिषद् : महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १५ बुधबार
bagmati-1619609030.jpg

बागमती  । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

पौडेलले नेकपा(एमाले)का प्रमुख सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानूनमन्त्री, सरेश नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीले केही बेरअघि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष पद तथा गोपनीयताको शपथ लिए । गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा प्रस्तावक रहेका  शालिकराम जमरकट्टेल, अरुणप्रसाद नेपाल र युवराज दुलालले राजीनामा दिएपछि ती पद रिक्त रहँदै आएको थियो ।

नवनियुक्त मन्त्रीले बुधवार अपराह्न आआफ्नो मन्त्रालयको कार्यभार सम्हालेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले जनाएको छ । 

यसै गरी राज्यमन्त्री डा रामकुमार अधिकारीले पनि बुधवारै सामाजिक मन्त्रालयमा आफ्नो कार्यभार सम्हालेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ