arrow

बागमतीमा चार मन्त्रीले लिए शपथ

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ वैशाख १५ बुधबार
bagmati-oath.JPG

हेटौँडा । नेकपा एमालेको एकल सरकार रहेको बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । बागमती प्रदेशमा ३ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिएको हो ।

आज नियुक्त गरिएका मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । मन्त्रीपरिषद् विस्तार गरिए लगतै प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईँले तीन जना मन्त्रीलाई शपथग्रहण गराएका हुन् ।

त्यसै गरी बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक राज्यमन्त्रीलाई शपथग्रहण गराए ।प्रदेशमा रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रूपमा सरेश नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केशवराज पाण्डे, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डाक्टर रामकुमार अधिकारीलाई मुख्यमन्त्री पौडेलले नियुक्त गरिएको हो ।

गत पुस १० मा तत्कालीन नेकपाको माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए ।

करिब ४ महिना तीनवटै मन्त्रालय मुख्यमन्त्री पौडेलले सम्हाल्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ