arrow

आफ्नो क्षेत्रमा किन बढी बजेट पारेको भन्नेलाई मन्त्रीको यस्तो जवाफ

logo
प्रकाशित २०७३ असार २२ बुधबार
budget-bag.jpg.jpeg
काठमाडौं । आफ्नो क्षेत्रमा किन बढी बजेट पारेको ? भन्ने सांसद्को प्रश्नमा सम्बन्धित मन्त्रीले बजेट पुस्तक राम्रोसँग पढेर मात्र छलफलमा आउन आग्रह गरेका छन् । 
 
व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथिका छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रममा केही मन्त्रीले सांसदले यथार्थलाई बढाइचढाइ गरेर प्रश्न राखेको टिप्पणी गरेका हुन् । 
 
वाणिज्य मन्त्री : सो क्रममा वाणिज्यमन्त्री जयन्त चन्दले लगानी वृद्धि र उत्पादन वृद्धि गरी निर्यात बढाउने सरकारको नीति रहेको बताए । विश्व व्यापार सङ्गठनको सदस्य भएको नाताले नेपालले त्यसले पारित गरेका व्यापार सहजीकरणसम्बन्धी प्रस्तावबाट फाइदा लिँदै व्यापारको विविधीकरणका लागि सरकार प्रयासरत रहेको जानकारी दिए । 
 
विज्ञान तथा प्रविधि मन्त्री : विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले विज्ञान र प्रविधिसम्बन्धी नीति, २०६३ परिमार्जनको तयारी भएको तथा युवा वैज्ञानिकलाई देशभित्रै अध्ययन र अनुसन्धानको उचित वातावरण दिई यस क्षेत्रमा बजेट बढाउन र प्रतिभा पलायन हुन नदिने विश्वास दिलाए । 
 
उनले सबै सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला दिन नसकिए पनि क्रमशः प्रविधिमूलक बनाउने योजना रहेको स्पष्ट गरे । सरकारी निकायमा विद्युतीय हस्ताक्षरबाट कारोबार सञ्चालनको तयारी भएको पनि जानकारी दिए । मन्त्रीसँग प्रत्युत्तर माग्दै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले एक विद्यालय : एक विज्ञान प्रयोगशाला हुनुपर्नेमा जोड दिएका थिए । 
 
जनसङ्ख्या तथा वातावरण मन्त्री : जनसङ्ख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले वातावरणमैत्री नीतिका लागि मन्त्रालयले चालेका प्रयासमा सांसदको सहयोग हुने अपेक्षा व्यक्त गरे । 
 
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनले सरकारले अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरी बुद्ध नेपालमा जन्मेका मात्र होइनन् बुद्ध दर्शनको उद्गमस्थल हो भन्ने मान्यतालाई स्थापित गरिएको अवगत गराए । 
 
उनले मुलुकका महत्वपूर्ण ऐतिहासिक स्थललाई पर्यटकीय गन्तव्य बनाउन गुरुयोजना बनाइएको, सम्पदा पुनःनिर्माणको तयारी भएको, साहसी पर्यटकको सुरक्षा र सञ्चारका लागि सेटलाइन प्रणाली विकसित गरिने र दसवर्षे पर्यटन रणनीतिक योजना तयार भएको जानकारी दिए । उनले पोखरामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणका लागि चीनसँग सम्झौता भएको बताए । 
 
मन्त्री पोखरेललाई प्रत्युत्तर माग्दै नेपाली काँग्रेसका रामहरि खतिवडाले चीनबाट ल्याइएको विमान किन घाटामा गएको हो भने  । सोबारे मन्त्री पोखरेलले चीनबाट थप चार विमान ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको जानकारी दिए । 
 
सिँचाइ मन्त्री : सिँचाइमन्त्री उमेशकुमार यादवले ३६ लाख ४१ हजार हेक्टर कृषिका लागि योग्य रहे पनि ती भूमिमा आधुनिक कृषि प्रणालीबाट कृषि उत्पादन हुन नसकेको सन्दर्भमा सरकारले वर्षैभरि सिँचाइ सेवा विस्तारका लागि उचित वातावरण निर्माण गर्न प्रयासरत रहेको बताए । उनले आफूले आफ्नो क्षेत्रमा बढी परियोजना पारेको भन्ने प्रश्नमा आधार नभएको तर्क गरे । 
 
आपूर्ति मन्त्री : आपूर्तिमन्त्री गणेशमान पुनले सरकारको नीति तथा कार्यक्रम र बजेटमा इन्धनको भण्डारण क्षमता वृद्धिका लागि आवश्यक प्रबन्ध गरिएको बताउँदै सोका लागि तीन क्षेत्रमा जग्गा प्राप्ति गरी कार्यारम्भ भएको जानकारी दिए । उनले महँगी, उपभोक्ता हित, कालोबजारी र अनुगमनका सम्बन्धमा सांसदले उठाएका प्रश्नमा आफू सचेत रहेको बताउँदै प्रदेशस्तरमा एकीकृत अनुगमन संयन्त्र बनाउन आवश्यक रहेको जनाए । 
 
आपूर्तिको विविधिकरणको प्रवद्र्धनका लागि बजेट राखिएको, चीनसँगको इन्धन आपूर्तिका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको, अन्य मन्त्रीको जवाफ जारी छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ