arrow

सीमा अवरोधबारे बेलायतको चासो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
938707432.jpeg
काठमाडौं । बेलायतले नेपाल–भारत सीमामा तीन महिनादेखि भईरहेको अवरोधका बारेमा चासो व्यक्त गरेको छ । बेलायतका विदेशमन्त्री ह्यूगो स्वायर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई फोन गरी उक्त चासो व्यक्त गरेका हुन् ।  काठमाडौंस्थित बेलायती दूतावासद्वारा जारी विज्ञप्ति अनुसार स्वायरले सीमा अवरोधका कारण नेपालमा मानवीय सहायताको वितरणमा परेको प्रभावका विषयमा चिन्ता व्यक्त गरेको जनाइएको छ ।

‘जाडो सुरु भएको अवस्थामा यदि तत्कालै समस्या समाधान नभए दोस्रो मानवीय संकट उत्पन्न हुन सक्छ,’ विज्ञप्तिमा उल्लेख छ । विदेशमन्त्री स्वायरले  नेपाली जनताका प्रति निरन्तर सहयोग र मित्रता जारी राख्ने आश्वासन दिएका छन् ।

‘नेपाली जनताको आवश्यकता परिपूर्ति हुने गरी सहमति पहिल्याउनका लागि शान्तिपूर्ण वार्ता र समझदारी निरन्तर कायम रहनेमा बेलायत आशावादी छ ।’ विज्ञप्तिमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ