arrow

पशुपति प्रसाद ट्रेलरः ऋण तिर्न के गर्लान् खगेन्द्रले(भिडियो)

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
925819049.jpeg
काठमाडौं । आगामी माघ १५ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘पशुपति प्रसाद’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका प्रमुख अभिनेता खगेन्द्र लामिछानेले साहुको ऋण तिर्नका लागि सहरमा आएर गर्ने क्रियाकलापलाई प्राथमिकता दिएको छ । 

फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । उनका अनुसार फिल्मले बाबु आमाको अुधरो सपना पुरा गरेर उनीहरुलाई स्वर्ग तान्ने लक्ष्य लिएर पैसा कमाउन शहर आएको गाउँले केटोको कथालाई प्रस्तुत गरेको छ ।

टुकी आर्टस प्रालि र दीपेन्द्र के खनाल प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा वर्षा शिवाकोटी, विपिन कार्की, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, मिश्री थापा र आशिष अधिकारीले अभिनय गरेका छन् । 

फिल्ममा रोजिना सिटौला कार्यकारी निर्माता छिन् भने निर्माण रजना नापितले गरेकी हुन् । खगेन्द्रकै लेखन रहेको फिल्ममा सूर्य थोकरको द्वन्द्व, दीर्घ खड्काको सम्पादन, हरि लम्सालको संगीत,  डा. कृष्णहरि बरालको गीत र निरज कँडेलको छायांकन छ । फिलमको वितरण पपकर्नले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ