arrow

सहयोगको यचना गर्दै मृगौला पीडित केशबहादुर

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
13734822_1071486556264315_1219511359_n.jpg.jpeg
काठमाडौं । तनहुँको शुक्लागण्डकी–५ खैरेनीटार का मृगौला रोगबाट पीडित केशबहादुर आलेले सहयोगको लागि सबैसँग याचना गरेका छन । आफ्नो दुवै मृगौला खराब भएर नयाँ प्रत्यारोपण गराएपनि नियमित रुपमा उपचार गरिरहनुपर्ने र आर्थिक आम्दानीको स्रोत केही नभएपछि उनले सहयोगको याचना गरेका हुन ।
 
२५ वर्षिय आले एक वर्ष अघि वैदेशिक रोजगारीका शिलशिलामा कतारमा रहँदा समस्या देखा परेको र दुवै मृगौला खराब भएका कारण केही समय उपचार गराएर स्वदेश फर्केका थिए । स्वदेश फर्केपछि आफ्नी श्रीमती जानकी आलेको एउटा मृगौला उनमा प्रत्यारोपण गरिएपनि नियमित उपचार गराईरहनुपर्ने र सुगर र व्लड प्रेसरका कारण समस्या आउने गरेको कारण महिनामा ३० हजार भन्दा वढि खर्च हुने हुनाले थप समस्यामा परेका हुन ।
 
आर्थिक अवस्था नाजुक भएकै कारण उपचारका लागि खर्च जुटाउन गाह्रो भएको बताउँदै सहयोगी हातहरुको अपेक्षा गरेको बताए । सहयोग गर्न चाहने जो कोहीले पनि कुमारी बैंकमा रहेको आफ्नो खाता नं ०४२२५२४११६९०५०१८ मा सहयोग रकम जम्मा गर्नुका साथै आफ्नो फोन नं. ९८१७१८८११९ मा सम्पर्क गर्न सक्ने बताए । आलेकी एक श्रीमती र एक छोरी रहेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ