arrow

नेपाली सेना र एनआरएनबीच विपद् व्यवस्थापन सम्झौता

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
Army-and-NRN.jpg.jpeg
काठमाडौं । नेपाली सेना र गैरआवासीय नेपाली संघ एनआरएनएबीच विपद् व्यवस्थापन तथा सहकार्य सम्बन्धी समझ्दारी भएको छ । सेनाको जंगी अड्डामा आयोजित एक समारोहबीच नेपाली सेना र गैरआवासीय नेपाली संघबीच विपद् व्यवस्थापनमा सहयोग तथा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । 
 
कार्यक्रममा नेपाली सेनाको तर्फबाट व्यवस्था तथा युद्धकार्य महानिर्देशक एवं उपरथी हिमालय थापा र गैरआवासीय नेपाली संघको तर्फबाट संघ अध्यक्ष शेष घलेले समझदारी पत्रमा हस्ताक्षर गरे ।  
 
नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्नको लागि विपद् उद्धार कार्यमा सहयोग र विपद्लाई न्यूनिकरण गर्ने उद्देश्यले नेपाली सेना र गैरआवासीय नेपाली संघबीच सहकार्यका लागि नेपाल सरकार रक्षा मन्त्रालयबाट स्वीकृति भए अनुसार हस्ताक्षर कार्यक्रम भएको हो । 
 
हस्ताक्षर कार्यक्रममा प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्रीको समेत उपस्थित थिए । समझदारी पत्रमा विपद् व्यवस्थापन सम्बन्धी तालिम संचालन गर्न तथा विपद्को समयमा उद्धार एवं राहत वितरणको लागि आवश्यक सामग्रीहरु आदान प्रदान गर्ने लगायत विपद् व्यवस्थापनको सहयोग तथा सहकार्यको क्षेत्रहरु निर्धारण गरिएको छ । 
 
त्यसैगरी, संयुक्त कार्यदलको निर्माण गरी सहयोगको क्षेत्र र आधारहरु तय गर्नेे, गैर अवासीय नेपालीहरुबाट संकलित राहत सामग्रीहरु पीडितलाई वितरण गर्न नेपाली सेनाको श्रोत, साधन तथा जनशक्तिको परिचालन जस्ता बुंदाहरु उल्लेख छन् । साथै, उक्त समझदारी पत्रको कार्य अवधि २ (दुई) वर्षको हुने र दुवै पक्षको समझदारीमा पुनः थप गर्न सकिने समेत उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ