arrow

दुलाहाको खोजीमा नायिका झरना

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
773063463.jpeg
काठमाडौं । म्युजिक भिडियोबाट फिल्मी करियर सुरू गरेकी झरना रिसाल अलि लजालु स्वभावकी छिन् । फिल्म शूटिङ होस् वा म्युजिक भिडियो सबैमा मन लगाएर काम गर्ने झरनाले कामलाई सानो ठूलो ठान्दिनन् ।
 
फिल्ममा खेल्नका लागि सानोतिनो अफर आइरहेको बताउने झरनाले भनिन्, ‘सानोतिनो रोलको लागि अफर आइरहेका छन् । तर मलाई ठूला ब्यानरका फिल्ममा अभिनय गर्ने इच्छा छ । कुरा पनि चलिरहेको छ ।’ त्यसका लागि केही निर्देशक र निर्माताहरूसँग कुरा चलिरहेको उनले खुलाइन् । ‘फिल्मका केही स्क्रिप्टका विषयमा गम्भीर छलफल पनि भएका छन्’, नायिका झरनाले भनिन्, ‘हेरौँ छिट्टै फिल्मको विषय टुङ्गिन्छ होला ।’

आफ्नो फिल्म करियरमा मायाप्रेमको प्रस्ताव आएर हैरान भएको झरनाको भनाइ छ । उनले यसलाई अन्यथा पनि लिदिनन् । ‘सेलीब्रेटीसँग नजिकिन जसको पनि चाहना र इच्छा हुन्छ’, उनले भनिन्, ‘कोही समर्थक नजिक आउन चाहन्छ भने त्यसलाई अन्यथा लिनु हुँदैन ।’ उनले सबै दृष्टिकोणलाई गलत नजरले हेर्न नहुने उल्लेख गरिन् ।

झरनाले तत्काल विहे गर्ने योजना बनाएकी छैनन् । आफ्नो फिल्मी करियरलाई उचाइँमा पुगाएर असल गृहिणी बन्ने झरनाको धोको छ । कोसँग विहे गर्ने भन्ने जिज्ञासामा नायिका झरनाले भनिन्, ‘अहिलेसम्म त्यस्तो कोही पनि छैन । हेरौँ पछि कोही न कोही त आउला नी ?’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ