arrow

‘बोलौ सांसद् बोलौ– भ्रष्टाचारीको जालो तोडौं’ (भिडियो)

logo
प्रकाशित २०७३ साउन १४ शुक्रबार
govinda-kc.jpg.jpeg
काठमाडौं। ‘बोलौ सांसद् बोलौ– भ्रष्टाचारकीको जालो तोडौं’ यो  अहिले गोविन्द केसीको समर्थनमा एक युवाले गाएको गीतको बोल हो। ‘आईएम विथ गोविन्द केसी’ भन्दै सुरूगरिएको उक्त गीतमा भ्रष्टाचारी जालो तोड्नको लागि सबै सांसद्हरूलाई सक्रिय हुन आह्वान गरिएको छ। 
 
युट्युवमा ३ मिनेट ५८ सेकेण्डको उक्त पपगीतमा डा. केसीलाई साथ, माफियालाई मार, मलाई चाहियो अहिले समृद्ध नेपाल, चाहिएको छैन मलाई यस्तो जमात जस्ता घोचक शब्दहरू मार्फत् मेडिकल कलेज सञ्चालकहरूको विरोध गर्दै डा. केसीलाई समर्थन गरिएको छ। उक्त गीत तीन दिन अघि युट्यूबमा प्राशारित भएक हो। 
 
मेडिकल शिक्षामा व्यापक सुधारको माग राख्दै अनसनमा बसेका केसीले अनसन तोडेपछि उनका समर्थकहरूले  शनिबार माइतीघरदेखि बानेश्वरसम्म ‘गोविन्द केसीसँगसँगै हिँडौं अभियान गर्ने तयारी गरेका छन्। यसैबीचमा उनको समर्थनमा यस्तो गीत पनि प्रशारित भएको हो।
 
बाँकी भिडियो हेर्नुहोस्ः
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ