arrow

च्याम्पियन्स कपमा बार्सिलोना र रियल मड्रिड विजयी

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
barsha.jpg.jpeg
डब्लिन । नर्थ अमेरिका च्याम्पियन्स कप फुटबलमा स्पेनिश क्लवहरु बार्सिलोना र रियल मड्रिडले शानदार जित हासिल गरेका छन् । बार्सिलोनाले सेल्टिकलाई ३–१ ले हरायो ।
 
डब्लिनमा भएको खेलमा  बार्सिलोनालाई जिताउने क्रममा मध्यान्तरअघि नै आर्दा तुरान र हाड्डाडीले एक एक गोल गरे भने एक गोल उपहार स्वरुप पाएको थियो । 
 
त्यस्तै रियलले इङ्लिश क्लव चेल्सीलाई ३–२ ले हरायो । रियलका लागि मार्सेलोले २ तथा मारियानो मेजियाले १ गोल गरे । चेल्सीका लागि दुवै गोल एलेन हजार्डले गरे ।
 
अन्तिम समयमा दुई गोल गरे पनि चेल्सी खेलमा फर्किन भने सकेन । त्यस्तै बार्यन म्यूनिखले इन्टर मिलानलाई ४–१ ले हरायो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ