arrow

एक अर्ब ३२ करोडको रसायन लागुऔषध तस्करलाई बेच्ने सांघाई थुनामा

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
ratan-sanghai.jpg.jpeg
काठमाडौं । औषधि बनाउन ल्याइएको रसायन लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा पक्राउ परेका व्यवसायी रतन सांघाई थुनामा परेका छन् ।  
 
सांघाईलाई थुनामा राख्न नदिनका लागि चलखेल भइरहेका बेला जिल्ला अदालत काठमाडौंले आइतबार अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अनुमति दिएको हो । सांघाई शनिबार मात्रै कोटेश्वरबाट पक्राउ परेका थिए ।
 
थुनामा राख्ने नराख्ने विषयमा विवाद भएको थियो । हामीले अदालत लग्यौं । अदालतले ४ दिनको म्याद दिइसकेको छ । लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी गणेश केसीले भने, ‘अब अदालतबाट म्याद थपिएपछि समस्या नै रहेन ।’ सांघाईले थुनामा राख्न म्याद दिने कि नदिने भन्ने विषयमा बहस गर्नुपर्ने भन्दै वकिल नै बोलाएका थिए । 
 
सांघाई पक्राउ पर्नुअघि व्यूरोको टोलीले पाटन औद्योगिक क्षेत्रमा रहेको सांघाई प्लाष्टिक इण्डष्ट्रिजबाट औषधि बनाउने ४ सय ७१ किलो रसायन लागुऔषध तस्करहरुलाई बिक्री गर्न लागिएको अवस्थामा बरामद गरेको थियो । जसमा २९ लाख ७४ हजार ट्याब्लेट छन् । 
 
एसएसपी केसीका अनुसार उक्त रसायनबाट हाई पावरको ड्रग्स बन्ने भएकाले अन्तर्राष्ट्रिय मूल्याङ्कन अनुसार मूल्य निर्धारण हुने र सांघाईबाट बरामद भएको रसायनको १ अर्ब ३२ करोड रुपैंया पर्दछ । 
 
सांघाईबाट बरामद भएको रसायनबाट लागुऔषध एमफेटामाइन बनाउन सकिने बताइएको छ । सांघाईले औषधि व्यवस्था विभागबाट औषधिका लागि भन्दै अनुमति लिएका थिए, एसएसपी केसीले भने, ‘उनले लिएको अनुमतिको पूर्ण रुपमा दुरुपयोग गरेको भेटियो । औषधिका लागि ल्याउने । लागु औषध कारोबारीलाई बेच्ने गरेको भेटियो ।’ 
 
औषधि उद्योगको नाममा ल्याइएको सो रसायन लागुऔषध बनाउन चीन, भारत लगायतका देशमा पठाउने गरेको सूचनाका आधारमा ब्यूरोको टोलीले छापा मारेको थियो । ब्यूरोका अनुसार ट्याब्लेट सेतो बट्टामा राखेर चीन तथा भारत पठाउने तयारी भइरहेको थियो ।  
 
संघाई एभरेष्ट इन्सोरेन्सका उपाध्यक्ष समेत हुन् । उनका भाई आरए फर्माका संचालक पवन संघाई फरार छन् । पवनलाई निलम्बित सांसद श्याम सुन्दर गुप्ताले अपहरण गरेका थिए । गुप्ता जेल भुक्तान गरेर रिहा भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ