arrow

विराटनगर भन्सारबाट ३६ इन्धनका गाडी भित्रिए

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1710823185.jpeg
विराटनगर। विराटनगर भन्सार कार्यालयको परिसरमा भारतबाट छत्तीसवटा पेट्रोलियम पदार्थका गाडीसहित ६२ वटा गाडी भित्रिएका छन् ।
 
सोमध्ये २४ वटा डिजेल बोकेका ट्याङ्कर, तीनवटा पेट्रोल बोकेका ट्याङ्कर र नौवटा ग्यास बुलेट रहेको भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी गराउनुभयो । साथै मालवाहक ट्रक, कच्चापदार्थ बोकेका ट्रकहरु छन् । वेलुकीसम्म थप पेट्रोलियम पदार्थसहितका गाडी आउने सम्भावना रहेको उहाँले बताउनुभयो ।
 
सो नाकाबाट बिहीबार पेट्रोलियम पदार्थ बोकेका एउटा पनि गाडी भित्रिएका थिएन ।आज विहानैदेखि पेट्रोलियम पदार्थका गाडीहरु भित्रिने क्रम सुरु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ