arrow

चीनसँगको सुमधुर सम्बन्ध निरन्तर : श्रीलङ्कन राष्ट्रपति

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
408243811.jpeg
कोलम्बो। श्रीलङ्कन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलङ्काले चीनसँगको सम्बन्धमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।साथै उहाँले सबै खाले सहयोग र समन्वयमा पनि निरन्तरता दिने धारणा राख्नुभएको राजधानी कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ । चीनका विशेष प्रतिनिधि लिउ जेनिमसँगको भेटपछि उहाँले सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ । 
 
उहाँले चीनसँगको सहकार्यका रुपमा रहेको सुख्खा बन्दरगाहको निर्माणको कार्यमा पनि चीन सरकारले तदारुकता देखाउने बताउनुभयो । चीनले श्रीलङ्कामा एक बृहत आयोजनाका रुपमा सुख्खा बन्दरगाह सहर निर्माणका लागि लगानी पनि गरेको छ । हाल आएर सो सुख्खा बन्दरगाह निर्माणको कार्य स्थगित भएको छ । गएको सेप्टेम्बर महिनामा निर्माण सुरु भएको सो आयोजना गत मार्च महिनामा आएर स्थगित भएको थियो । पूर्व राष्ट्रपति महिन्दा राजपाक्छेको सरकारले सो आयोजना स्थगित गरेको थियो । 
 
उक्त बन्दरगाह श्रीलङ्काका लागि एक बृहत आयोजना हो । यसको लागत एक अर्ब चार करोड अमेरिकी डलर रहेको बताइएको छ । विशेष प्रतिनिधि चिनियाँ उपविदेशमन्त्री लिउ जेनमिनले चीन सरकारले पनि श्रीलङ्कासँगको सम्बन्धमा निरन्तरता र द्विपक्षीय हित चाहेको धारणा राख्नुभयो । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ