arrow

आक्रमणमा दश तालिवानको मृत्यु

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1496695253.png
हेरात (अफगानिस्तान) । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको पसटुन जर्गोन जिल्लामा रहेको एक प्रहरी चौकीमा आक्रमण गर्नजाने तालिवानहरु नै मारिएका छन् । तालिवान आतङ्ककारीको एक समूहले गरेको आक्रमणमा परी कम्तीमा १० आतङ्ककारी मारिनुको साथै अन्य आठ घाइते भएका जनाइएको छ । 
 
घाइते हुनेमा तीन तालिवान कमाण्डरलयात आठ आतङ्ककारी मारिएका छन् । पसटुन जर्गोन जिल्लामा रहेको प्रहरीचौकीमा ८० भन्दा बढी तालिवान आतङ्ककारीले आक्रमण गरेका जनाइएको छ । आतङ्ककारीले गरेको आक्रमणपछि सुरक्षाबल र आतङ्ककारीबीच भएको भीषण समूहबीच भएको झडपमा १० तालिवान विद्रोही र एक सर्वसाधारणको मृत्यु भएको हो । 
 
यसका साथै अन्य आठ आतङ्ककारी घाइते भएका जिल्ला प्रहरी प्रमुख गुलाम सखी हुसेनले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । यस आक्रमणमा परी सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको र अझै पनि त्यसै इलाकामा झडप जारी रहेको जनाइएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ