arrow

दोहोरीमा कृष्णा र रामजीको पुनरागमन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1359602539.jpeg
काठमाडौं । नेपाली लोक दोहोरीमा कुनै जमनामा राम्रो जमेको जोडीमा कृष्णा परियार र रामजी नेपालीको नाम लिइने गरिन्थ्यो । यो जोडिले थुप्रै लोक दोहोरी गीतहरु गाएका छन् । तर, पछिल्लो समयमा कुनै नयाँ लोक दोहोरी दर्शक÷स्रोतमाझ नलाएको यो जोडिले ‘माछी लेवैमा किन हो लजाएको निरमाया बस छेउमा’ लोकदोहोरी गीतमार्फत पुनरागमन गरेको छ ।

त्यसो त उनीहरुले सँगै दोहोरी नगाए पनि अन्यसँग दोहोरी गीत र लोक गीतहरु भने गाउँदै आएका थिए । रामजीले आफुलाई लोकगीतमा मात्र सिमित नराखेर चलचित्र र आधुनिक गीतहरु पनि गाएका छन् भने केही चलचित्रमा संगीत पनि गरेका छन् । उनले संगीत गरेका चलचित्रमा भावना, एउटै लगायत आधा दर्जन रहेका छन् ।

प्रल्हाद  सुवेदीको शब्द रहेको ‘माछी लेवै’मा गीतमा कृष्णा परियारको लय र रामजीको संगीत संयोजन रहेको छ । मारुनी डिजटलमा रेकर्ड भई दर्शक÷स्रोतमाझ आउने तयारीमा रहेको यो गीतको म्युजिक भिडियो पनि तयारी भइरहेको छ । चाँडै नै यो जोडीको गीतलाई सुन्न र हेर्न सकिने सज्जन हमाल बताउँछन् । यसको बजार ब्यबस्थापन हमाल म्युजिकले गरेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ