arrow

नवलपरासीमा कार र मोटरसाइकल ठोकिँदा दुईको मृत्यु

logo
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
Nawalparasi-hamrakura.jpg.jpeg
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा आज भएको फरक फरक सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । 
 
नवलपरासीको अरुणखोलामा कार र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार नवलपरासी बर्दघाट नगरपालिका–३ बस्ने ३५ वर्षीय दीपेन्द्र चौधरी र पञ्चराम कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने कार प्रहरी नियन्त्रणमा छ । 
 
नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बा१२च ३९६७ नंको कार र विपरीत दिशाबाट आउँदै गरेको ना१५प ६५९३ नंको मोटरसाइकल ठोकिँदा सो दुर्घटना भएको थियो । 
 
यसैबीच नवलपरासीको चोरमारा जङ्गलमा बसले कारलाई ठक्कर दिँदा ११ जना घाइते भएका छन् । पश्चिमबाट पूर्व गइरहेको लु१ख ९२४१ नंम्बरको बसले सोही दिशाबाट गइरहेको लु१च २२८० नंम्बरको कारलाई ठक्कर दिएपछि बस अनियन्त्रित भई पल्टिएको थियो । 
 
घाइतेको स्थानीय स्वास्थ्य संस्था र चितवनका स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ