arrow

इएफएल कप फुटबलको एकै खेलमा २९ गोल

logo
प्रकाशित २०७३ भदौ ८ बुधबार
epic-goal.jpeg
लण्डन । इङल्याण्डमा जारी इएफएल कप फुटबलको एकै खेलमा २९ गोल भएको छ । डर्बी काउन्टी र कार्लिस्ले युनाइटेडबीचको मंगलबार राति भएको दोस्रो चरणको खेलमा २९ गोल भएको हो ।
 
निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । सो समयमा गोल नभएपछि खेल पेनाल्टीतर्फ धकेलियो ।
 
पेनाल्टीमा डर्बी काउन्टी १४–१३ ले विजयी भयो । ती गोलका क्रममा ३२ पटक पेनाल्टी प्रहारसमेत भएको छ । 
 
उडपार्कमा भएको सो खेलका साक्षी भने केवल ३००० दर्शक थिए । 
 
इएफएल कप अन्तर्गतका अन्य खेलमा विजयी हुँदै लिभरपुल, चेल्सी, क्रिष्टल प्यालेस, एभर्टन, हल सिटी, लिड्स र नर्विच सिटी पनि तेस्रो चरणमा पुगेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ