arrow

यस वर्षको नोवेल शान्ति पुरस्कार ट्युनिसियाली संस्थालाई

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1003357227.jpeg
ओश्लो । यस वर्षको नोवल शान्ति पुरस्कार ट्यनिसियाको एक मध्यस्थकर्ता संस्था नेशनल डायलग क्वार्टेटलाई प्रदान गरिने भएको छ । ट्युनिसियाको सो संस्थाले सन् २०११ मा भएको प्रजातान्त्रिक आन्दोलनका क्रममा प्रजातन्त्र स्थापनार्थ गरेको मध्यस्थकर्ताको भूमिकालाई मूल्याङ्कन गर्दै सो पुरस्कार प्रदान गरिने भएको नोबेल कमिटीले जनाएको छ । 
 
उक्त समूहले सन् २०११ मा ट्युनिसियामा भएको प्रजातान्त्रिक आन्दोलनका समयमा त्यहाँका नागरिक र सत्तापक्षबीच शान्तिपूर्ण वार्ता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र जसका कारण देशमा बहुलवादी प्रजातन्त्रको स्थापनामा सघाउ पुगेको बताइएको छ । साथै यस पुरस्कारले ट्युनिसियाकै बाटोमा शान्ति र प्रजातन्त्रको स्थापना र प्रबद्र्धनमा मध्यपूर्वी देशहरुमा पनि लहर ल्याउनसक्ने अपेक्षा पनि सो कमिटीले गरेको प्राप्त समाचारमा जनाइएको छ । 
 
 
उक्त कमिटीको विज्ञप्तिमा भनिएको छ– यस वर्षको नोवेल शान्ति पुरस्कार ट्युनिसियामा प्रजातन्त्रको रक्षार्थ लागिपर्ने सो संस्थालाई दिइएको छ र यसले प्रजातन्त्र र शान्तिको स्थापना, प्रबद्र्धन र रक्षार्थ मध्यपूर्वी, उत्तर अफ्रिकी तथा विश्वलाई नै उत्प्रेरणा मिल्ने छ । उक्त संस्था ट्युनिसियाका विभिन्न चार वटा नागरिक, मजदुर र मानवअधिकार संगठनहरु मिलेर बनेको छ । 
 
उक्त संस्थाले ट्युनिसियाको विभिन्न क्षेत्र,वर्ग र समुदायका नागरिकको हितको रक्षाका साथै देशमा प्रजातन्त्र, मानवअधिकार र कानुनी शासनका लागि वकालत गर्ने गर्दछ । सो पुरस्कार आगामी डिसेम्बर १० मा नर्वेको ओश्लोमा आयोजना हुने एक विशेष कार्यक्रममा सो संस्थालाई प्रदान गरिने छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ