arrow

भारत बिरुद्धको टि-२० श्रृखंला वेष्टईण्डिजको पक्षमा

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
Cricket_WI_Ind.jpeg
काठमाडौं। भारतविरूद्धको दुई टि-२० को शृंखला वेष्ट इन्डिजले १-० ले जितेको छ। आइतबार अमेरिकाको फ्लोरिडास्थित भएको दोस्रो टि-२० खेल वर्षाका कारण रद्ध भएपछि वेस्ट इन्डिजले शृंखला आफ्नो पक्षमा पारेको हो। 
 
अघिल्लो खेलमा १ रनको तितो हार बेहोरेको भारतले दोस्रो खेलमा भने निकै राम्रो खेलेको थियो। टस हारेर पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजलाई कसिलो बलिङ मार्फत भारतले १९ दशमलव ४ ओभर क्रिजमा रहन दिँदै १ सय ४३ रनमा अल आउट गरेको हो। पहिलो खेलमा २ सय ४६ रनको विशाल लक्ष्य पेस गरेको वेष्ट इन्डिजले दोस्रो खेलमा भने राम्रो गर्न सकेन।
 
वेस्ट इन्डिजका लागि जोनसोन र्चाल्सले सर्बाधिक ४३ रन बनाए। पहिलो खेलमा सतकिय पारी खेलेका एभिन लेविसले भने जम्मा ७ रन बनाए। वेष्ट इन्डिजको विकेट धोस्त गराउने क्रममा भारतका लागि अमित मिश्रले सर्बाधिक ३ विकेट लिए। 
 
त्यस्तै मोहमद सामी, रबिचन्द्र आश्विन र जसप्रित बुमराले समान २-२ विकेट लिए। 
 
त्यसैपनि वर्षातका कारण ४० मिनेट ढिलो सुरू भएको खेलमा जवाफी ब्याटिङ् थालेको भारतले विना विकेट नोक्सानमा १५ रन बनाएपछि फेरि पानी परेपछि म्याच रेफ्रिले खेल रद्ध भएको घोषणा गरेका थिए। क्रिजमा भारतका रोहित शर्मा १० र अजिङ्का रहाने ४ रनमा खेल्दै थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ